‘दाभा रेन्बो हेम्प’ बेकरीको सोरुम अब भक्तपुरको दिव्यश्वरीमा

news-details

दाभा रेन्बो हेम्प बेकरीको सोरुम भक्तपुरको दिव्यश्वरी बस्तीमा संचालनमा आएको छ ।

काठमाडौंको पेप्सीकोलाबाट मनोहरा पुल पारी बायाँतर्फ १०० मिटर अगाडि हिमालयन जाभासँगै संचालनमा आएको बेकरीको शनिवार औपचारिक रुपमा ओपनिङ भएको हो ।

गाँजाबाट विभिन्न प्रडक्टहरु उत्पादन गर्दै आएका व्यवसायी पवनराज जोशीले नेपालमै पहिलोपल्ट हेम्प बेकरीको सुरुवात गरेका हुन् ।

अमेरिकामा लामो समयदेखि गाँजा सम्बन्धि अध्ययन तथा अनुसन्धान गरि विगत केही वर्षयता नेपालमा हेम्पबाट उत्पादित सामानहरु बिक्री वितरण गर्दै आएका जोशीले भर्खरै मात्र दिव्यश्वरी टाउनप्लानिङमा बेकरीको सुरुवात गरेका हुन् ।

सोरुममा बेकरीका आइटमसँगै गाँजाबाटै निर्मित कस्मेटिकका सामान, प्रोटिन पाउडर, हेम्प वेल, हेम्प छुर्पी साथै हेम्प ग्रीन टि समेत राखिएको छ ।

संचालक जोशीले मानव स्वाथ्यका लागि गाँजाको फाइदा र महत्वको बारेमा जानकारी दिदै गाँजा मिसावट भएको परिकार दैनिक केही मात्रामा सेवन गरेमा स्वास्थ्यमा ठूलो फाइदा पुग्ने बताए । गाँजा भन्ने बित्तिकै धुवाँका रुपमा मात्र सेवन गर्ने नभई यसलाई विभिन्न माध्यमद्धारा दैनिक सेवन गर्न सकिने उनले बताए ।

नेपालमा गाँजा अवैधानीक भएका कारण यसलाई सबैले नकारात्मक रुपमा लिएतापनि यसको धेरै फाइदा रहेको संचालक जोशीले बताए । सरकारले नेपालमा गाँजा वैधानीक गरेमा वार्षिक ६ खर्बसम्म राजश्य आफूले तिर्न तयार रहेको समेत प्रतिवद्धता जनाए ।

ताजा र स्वास्थ्यवद्र्धक सबैखाले बेकरीका सामानहरु पाइने दाभा रेन्बो हेम्प बेकरी ग्राहकहरुको पहिलो रोजाई बन्नेमा आफू विश्वस्त रहेको बताउँदै जोशीले बेकरीका जुनसुकै सामानहरु चाहिएमा सम्पर्क गर्नका लागि समेत आग्रह गरेका छन् ।

भक्तपुरको दिव्यश्वरी टाउनप्लानिङमा भर्खरै संचालनमा आएको हेम्प बेकरीमा बेकरीका सम्पुर्ण सामानहरुका साथै हेम्पबाट बनेका कस्मेटिकका सामानहरु समेत उपलब्ध रहेको हुनाले एकपल्ट सबैले आएर भिजिट गरिदिन समेत संचालकको आग्रह छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *