बढ्यो पेट्रोलियम पदार्थको मूल्य
- माघ १८, २०८१
- 0
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
ईण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको हो ।
मूल्य बढेर आएपछि नेपालमा पेट्रोलमा प्रतिलिटर २ र डिजेल र मट्टितेलमा ४ रुपैयाँ बढाइएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिलिटर ४३ डलरका दरले बढाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।
यससँगै अब पेट्रोलको मूल्य पहिलो वर्गमा १६४.५०, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ प्रतिलिटर भएको छ । त्यस्तै, डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गमा १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ भएको छ ।
0 प्रतिक्रिया
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । ईण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य […]
‘नोभेम्बर’ र ‘लाज शरणम’ बीच जलवायु परिवर्तन विरुद्धको अभियानमा सहकार्य सम्झौता
जलवायु परिवर्तनविरुद्वको अभियानमा फिल्म ‘लाज शरणम’को निर्माता कम्पनी जेपीटी क्रिएसन र क्लोथिङ ब्राण्ड नोभेम्बरले हातेमालो गर्ने भएका छन् । शुक्रबार आयोजित […]
अध्यादेशका विषयमा सांसदहरु पक्ष र विपक्षमा
नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल सम्बन्धी विधेयकले प्रेसको स्वतन्त्रतालाई निषेध गर्न खोजेको बताएका छन् । शुक्रबार संसदबाहिर बोल्दै […]
अष्टेलियामा व्यापार सहजिकरणका लागि चेम्बरद्धारा प्रतिनिधि चयन
नेपाल चेम्बर अफ कमर्सले अष्टेलियामा व्यापार सहजिकरणका लागि प्रतिनिधि चयन गरेको छ । चेम्बर अफ कमर्स सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी […]
बिरामीको एउटै परीक्षण दोहोर्याउनु नपर्ने गरी प्रणाली लागू गरिने
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी विद्युतीय रुपमा सबै स्वास्थ्य संस्थाले प्राप्त गर्नेगरी एकीकृत प्रणाली […]