बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्न कर्मचारीहरुलाई अर्थमन्त्रीको आग्रह
- माघ ७, २०८१
- 0

कृषि विकास बैंक स्थापनाको ५८ औँ वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको थियो ।
बैंकको ५८औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकको क्षमता, सामर्थ, बैंकको प्रतिष्ठा र बैंकको इज्जतलाई पहिलो कार्यसूची बनाउन बैंकका सबै कर्मचारीहरुलाई आग्रह गरेका छन् । उनले बैंक सबल, प्रभावकारी र बैंकको इज्जत माथी उठ्यो भने समस्त कर्मचारीहरुको ईज्जत माथि उठ्ने भएकाले बैंकको इज्जतलाई पहिलो कार्यसूची बनाउन आग्रह गरेका हुन् ।
उनले भने, ‘विशेषगरी बैंकको व्यवस्थापन र कर्मचारी साथिहरुकाबीचमा जिवन्त सम्बन्ध हुनुपर्छ । जहाँ राम्रो सम्बन्ध हुन्छ त्यहाँ प्रगति हुन्छ । म सबै कर्मचारीहरुलाई आग्रह गर्न चाहन्छु । यहाँहरुले सबै भन्दा पहिलो प्राथमिकता बैंकको क्षमता, बैंकको सामर्थ, बैंकको प्रतिष्ठा र बैंकको ईज्जतलाई पहिलो कार्यसूची बनाउनु पर्दछ ।बैंक सबल भयो, बैंक प्रभावकारी भयो, बैंकको ईज्जत माथि उठ्यो भने समस्त कर्मचारीहरुको ईज्जत माथि उठ्छ ।’
साथै उनले प्राय व्यवस्थापन र कर्मचारीबीच राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरुले अपेक्षित प्रगती गर्न नसकेको बताए । उनले हरेक बैंकहरुले रोजगारी सिर्जना हुने ठाउँमा आफ्नो लगानी गर्न समेत आग्रह गरे ।
0 प्रतिक्रिया
सरकारमा कुनै समस्या नरहेको उच्चस्तरीय संयन्त्रको निष्कर्ष

आज बसेको सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्रको बैठकले गठबन्धन र सरकारमा कुनै समस्या नरहेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा […]
स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सम्बन्धी सबै विवरण भएको प्रणाली लागु गर्ने तयारी गरेको छ । सबै विद्युतीय चिकित्सा […]
मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकनका लागि कार्यदल गठन

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १८ औँ बैठकले निजी मेडिकल कलेजमा एमबिबिएस र […]
कतारमा संखुवासभालीको ‘नौमती पन्चे बाजा’

स्वदेशमा भन्दा पनि विदेशमा पनि नेपाली कला,संस्कृती र परम्पराको जगेर्नाका लागि काम भइरहेका छन् । नेपाली परम्परा र संस्कृती जोगाउनका […]
नीति तथा कार्यक्रमका लागि एमालेले दियो प्रधानमन्त्रीलाई सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेकपा (एमाले) ले आज विषयगत सुझावहरु बुझाएको […]