नेपाल मुद्रा विप्रेषक संघमा रितेश मित्तलको नेतृत्वमा सर्वसम्मतले नया कार्य समिति चयन
- पुस २१, २०८१
- 0
नेपाल मुद्रा विप्रेषक संघले रितेश मित्तलको नेतृत्वमा सर्वसम्मतले नया कार्य समिति चयन गरेको छ ।
संघको १९औं वार्षिक साधारण सभाले नयाँ नेतृत्वमा रितेश मित्तल (नेपाल रेमिट ईन्टरनेशनल प्रा. लि.)लाई अध्यक्ष पदमा सर्वसम्मत मनोनित गरेको छ भने उपाध्यक्षमा सञ्जय सिग्देल (सूर्य रेमिट प्रा. लि.), महासचिवमा दिवाकर पौडेल ( आई.एम.ई लिमिटेड), कोषाध्यक्षमा संजिव कुमार पाठक (ए.टि टि. रेमिट प्रा. लि.), सचिवमा रामेश्वर सापकोटा (प्रभू मनि ट्रान्स्फर प्रा. लि.)लाई चयन गरेको छ ।
यस्तै कार्यसमिति सदस्यहरुमा विमल महत (सिद्धार्थ बैंक लि.) श्याम प्रसाद लामिछाने (ग्लोबल आईएमई बैंक लि.), मधुसुदन न्यौपाने (प्रभू बैंक लि.) र सुदन सिं सिलवाल (युनाईटेड रेमिट प्रा. लि.) सर्वसम्मत रुपमा चयन भएका छन । संघको विधानत अध्यक्षबाट मनोनित हुने सदस्यहरुमध्ये १ जनालाई आगामी कार्यसमिति बैठकमा छलफल गरी मनोनित गर्ने गरी निर्णय गरिएको छ ।
नव निर्वाचित अध्यक्ष मित्तलले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दे विस्तारित र मर्यादित उद्योगको रुपमा विकास गर्दे लैजाने र सम्पुर्ण रेमिट्यान्स कम्पनीहरुको संस्थागत हितको लागि कामगर्ने प्रतिबद्धता ब्यक्त गरे । सोही क्रममा उनले रेमिट्यान्स व्यबसायलाई अझ ब्यवस्थित र प्रविधिमैत्रि बनाउन आफू लागी पर्ने प्रतिबद्धता पनि ब्यक्त गरे ।
संघका अध्यक्ष चन्द्र टण्डनको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाको सञ्चालन कार्यसमिति सदस्य संजिव पाठकले गरेका थिए भने स्वागत मन्तब्य पूर्वअध्यक्ष सुमन पोखरेलले राखेका थिए । त्यसैगरी पूर्वअध्यक्ष दिवाकर थापाले उपस्थित सदस्यहरु तथा अन्य आगन्तुक अतिथीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
संघको कार्य प्रगती प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्ष चन्द्र टण्डनले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक रहेको बताउँदै औपचारिक माध्यमबाट रेमिट्यान्स भित्राउन सबैले सामुहिक प्रयत्न गनुपर्नेमा जोड दिए । आफ्नो कार्यकालमा आफु र आफ्नो कार्यसमितिलाइ पूर्णत सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दे अध्यक्ष टण्डनलेले सहमतिमा सबैको प्रतिनिधित्व हुने गरी नयाँ नेतृत्व चयन गरिएको बताए ।
संघको १९औं वार्षिक साधारण सभाको अवसर पारेर हालसम्म यस संघको पदाधिकारीमा रही काम गरेका पूर्व पदाधिकारीहरुलाई सम्मान समेत गरिएको थियो ।