देशबन्धु बस्नेतले ३ अर्ब लगानीमा सुकेधारामा बनाए पाँचतारे होटल ‘मर्क्योर’

news-details

सुकेधारा चोकमा उभिएर दक्षिणपट्टि फर्किदा एउटा भव्य भवन देख्न सकिन्छ । सुकेधारा हुँदै अघि बढ्ने चक्रपथ (रिङ–रोड)को आडैमा अत्यन्त सुन्दर तवरले डिजाइन गरिएको भवन भएकाले त्यसले सबैको ध्यान एकटकले खिच्छ । त्यो भवन अरु केही नभएर पाँचतारे ‘द मेट्रोपोलिटन होटल प्रा.लि.’ हो । जसको व्यवस्थापन विश्वस्तरीय चेन होटल ब्राण्ड ‘मक्र्योर’ले सम्हालेको छ ।

निजी क्षेत्रले लगानी विस्तार गर्दा आफ्नो नाफा मात्रै हेर्छन् वा अरु सार्वजनिक महत्वका काममा ध्यान दिँदैनन् भन्ने गलत भाष्य एकपटक पुनः त्यहाँ चिरिएको छ । अर्थात्, विश्वविख्यात चेन होटल ब्राण्ड ‘मक्र्योर’लाई नेपाल भित्र्याएका देशबन्धु बस्नेत (अजित)ले होटल उद्घाटन नहुँदै होटलको आडैमा रहेको खाली जग्गालाई सजाएर मनमोहन पार्क समेत निर्माण गरेका छन् । उनैले चक्रपथ -सुकेधारा प्रहरी चौकीको माथिपट्टि०बाट पक्की वाल उठाएर १४० मिटर बढी सडकसमेत बनाएका छन् ।

निजी जग्गामा होटल बनेपनि खाली रहेको जमिन उजाड हुनु हुँदैन भन्ने मान्यताका साथ आफूले सडक विभाग र वडा कार्यालयसहित सम्बन्धित सरकारी निकायबाट स्वीकृति लिएर १४० मिटर बढी सडक निर्माण गरेको बस्नेत बताउँछन् ।

२०२५ जनवरी दोस्रो सातादेखि सञ्चालनमा आउन लागेको ‘होटल मक्र्योर’ ५ रोपनी क्षेत्रफलमा फैलिएको छ । ११ तले भव्य भवनमा निर्माण भएको सो होटलमा १०४ वटा विलासी कोठा छन् । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्यसमेत रहेका बस्नेतले सो होटलमा हालसम्म ३ अर्ब बढी लगानी भइसकेको जानकारी दिएका छन् ।

एसिया, युरोप, अफ्रिका र मध्यपूर्वका ५ हजार ४ सय बढी होटलको व्यवस्थापन सम्हालिरहेको ‘मक्र्योर’ ब्राण्ड पहिलोपटक नेपाल भित्रिएको हो । होटलमा नेपाली, इण्डियन, चाइनिज रेस्टुराँसँगै स्वीमिङ पुल, सयौंको संख्यालाई एकैसाथ सेवा दिन सकिने बैंक्विट हल, आधुनिक जीम, वेलनेश सेन्टर लगायतका सुविधा उपलब्ध छन् ।

होटलको ११औँ तलामा स्वीमिङ पुल छ । जहाँबाट काठमाडौँ उपत्यकासहित मौसम खुलेका बेला वरीपरीका हिमालहरुसमेत हेर्दै स्वीमिङको मज्जा लिन सकिन्छ । होटलमा दिनभर सेवा दिने रेस्टुरेन्ट, स्थानीय तथा अन्तर्राष्ट्रिय स्वादहरूको संयोजनसहितको भोजन, भारतीय परिकारहरू उपलब्ध हुने विशेष रेस्टुरेन्ट समेत उपलब्ध छन् । प्रत्यक्ष भान्सासहितको बाहिरी इटालियन रेस्टुरेन्टसमेत होटलमा छ ।

‘विश्वस्तरको आतिथ्य सेवा प्रदान गर्दै नेपाली कला, संस्कृति, यहाँको प्राकृतिक सौन्दर्यलाई विश्वबजारमा चिनाउने उदेश्यले विश्वस्तरीय ब्राण्ड भित्र्याएका हौँ’ देशबन्धु बस्नेत भन्छन्, ‘एकोर ग्रुप आफ्ना होटलहरूको स्थानीय सांस्कृतिक विशेषता र आधुनिक विलासिताको संयोजनका लागि प्रसिद्ध छ, यसकारण एकोर ग्रुप अन्तर्गको मक्र्योर ब्राण्डमार्फत यो होटलको व्यवस्थापन गर्दा अन्तराष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास लिएका छौँ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *