कोरियाबाट पैसा पठाउने निराजन ढकाल बने सिटी एक्सप्रेस मेगा बम्पर उपहारको विजेता
- रोजगारमञ्च
- पुस १८, २०८१
- 0
सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’ योजना अन्तर्गत मेगा बम्पर उपहार आफूले पठाएको भन्दा १८ गुणा बढी पाउने विजेता कोरियाबाट रेमिटेन्स पठाउने निराजन ढकालको नाम घोषणा गरेको छ।
हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका संस्थापकरप्रबन्ध निर्देशक चन्द्र टण्डनको विशेष उपस्थितिमा विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट रेमिटेन्स पठाउने ढकालले आफूले पठाएको रकम ४१ हजार ९०९ रूपैयाँको १८ गुणा गरेर सात लाख ५४ हजार तीन सय ६२ रूपैयाँ जित्न सफल भएका छन्।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १ गतेदेखि मंसिर ३० गतेसम्म २०८१ सालको दसैं, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुशी साट्न लगातार ६० दिनसम्म चल्ने १८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा उपहार योजना घोषणा गरेको थियो।
सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरूलाई जनही ५०० रूपैयाँको सिटी पे वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो।
जसअन्तर्गत एक हजार ६२० जनाले दैनिक उपहार (५०० रूपैयाँको वालेट टपअप), २४ जनाले साप्ताहिक उपहार (सामसङको स्मार्ट टिभी) र ६ जनाले मासिक उपहार (सामसङको स्मार्ट फोन) जित्न सफल भइसकेका छन्।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।
हालै कम्पनीले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुरू गरेको छ साथै सिटी पेबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिने जनाएको छ।