पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घटयो
- पुस १६, २०८१
- 0

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँले मूल्य बढाइएको छ ।
त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ १५ रुपैयाँले मूल्य घटाइएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ ।
सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ ।
यस्तै डिजेलको मूल्य काठमाडौं र दिपायल क्षेत्रमा लिटरको १५३ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १५२ रुपैयाँ र अरु क्षेत्रमा १५० रुपैयाँ ५० पैसा पर्नेछ ।
0 प्रतिक्रिया
सुदूरपश्चिमको पर्यटन विकासका लागि नीति, भौतिक संरचना र व्यवहारमा सुधार आवश्यक : मन्त्री पाण्डे

सुदूरपश्चिमको पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नीति, संरचना […]
हरेक श्रमिकलाई सिप सिकाएर पठाउने सरकारको तयारी छ : मन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले जापान नेपालको लागि उपयुक्त ठाँउ हुन सक्ने बताएका छन् । शुक्रबार […]
पाकिस्तानमा समस्यामा रहेका विद्यार्थीलाई नेपाली दूतावासमा सम्पर्क राख्न परराष्ट्र मन्त्रालयको आग्रह

भारत र पाकिस्तानबीच बढ्दो तनावको कारण पाकिस्तानमा रहेका नेपाली विद्यार्थीमा समस्या उत्पन्न हुन सक्ने भन्दै समस्यामा रहेका विद्यार्थीहरूलाई इस्लामावादस्थित नेपाली […]
ऊर्जा मन्त्रीको कामको प्रशंसा गर्दै सांसद चौधरीले संसदमै दिए बधाई

नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोदकुमार चौधरीले सरकारले ऊर्जा क्षेत्रमा कार्ययोजना बनाएर काम थालेको भन्दै ऊर्जा मन्त्रीलाई बधाई दिनुभएको छ। […]
संखुवासभाको चैनपुर र ललितपुरबीच भगिनी सम्बन्ध, मेयर महर्जन र तामाङले गरे हस्ताक्षर

ललितपुर महानगरपालिका र संखुवासभा जिल्लाको चैनपुर नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । प्रतिनिधिमण्डलसहित चैनपुर पुगेका ललितपुर महानगरपालिका मेयर चिरीबाबु […]