नेप्से परिसूचक ४.१९ अंकले बढ्यो
- पुस ११, २०८१
- 0

सेयर बजारको मापक नेप्से परिसूचक आज(विहीबार)४.१९ अंकले वृद्धि भएको छ । नेप्से शून्य दशमलव १५ प्रतिशतले बढेर २,६३०.७१ विन्दुमा बन्द भएको छ ।
विहीबार कुल ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ९ कम्पनीको मूल्य स्थिर रह्यो । आज सेयर बजारमा ६१ हजार ८३९ पटकको किनबेचबाट पाँच अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कुल २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर किनबेच भएका छन् ।
सेयर बजारका १३ उपसमूहमध्ये आज चार उपसमूहमा वृद्धि भएको छ । बैकिङ, इन्भेष्टमेन्ट, लघुवित्त, र व्यापार उपसमूह बढेका छन् । यस्तै, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, निर्जीवन बिमा लगायतका उपसमूह भने घटेका छन् ।
0 प्रतिक्रिया
पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको छ । बुधबारदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र […]
भ्रष्टाचारी, विचौलिया र दलालहरु मिलेर सरकारबाट हट्न बाध्य पारे : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भ्रष्टाचारी, विचौलिया र दलालहरु मिलेर आफूहरुलाई सरकारबाट बाहिर जान बाध्य पारेको बताएका […]
गभर्नर नियुक्तिमा उमेरहद नलाग्ने मापदण्ड संशोधन कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश

सरकारले ६५ वर्ष उमेर नाघेका व्यक्तिलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन तत्काल नपाउने भएको छ । सर्वोच्च अदालतले गभर्नर बन्न […]
मन्त्री पौडेलको पहलमा १२ संघीय अस्पतालमा सेवा थप तथा विस्तार

देशका १२ संघीय अस्पतालहरुले चैत्र महिनाभित्र सेवा थप विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेवा थप […]
सहकारीका समस्याबारे राष्ट्रपतिको चासो, मन्त्री र सचिवलाई दिए निर्देशन

राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो व्यक्त गरेका छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भूमि व्यवस्था, […]