नेपाल–भारतबीच पेट्रोलियम पाइपलाइन र ग्यास परियोजनाबारे छलफल
- मंसिर १८, २०८१
- 0

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरीसँग भेटवार्ता गरेका छन् ।
नयाँदिल्लीमा भएको भेटवार्तामा सिलीगुडी–चारआली र अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी छलफल भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच उक्त पाइपलाइन निर्माणका लागि एक महिनाअघि सम्झौता भएको थियो ।
यस्तै, सर्लाहीमा ग्यास पाइपलाइन निर्माण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपो स्थानान्तरणका विषयमा समेत छलफल भएको सचिवालयले जानकारी दिएको छ ।
0 प्रतिक्रिया
आज चार संसदीय समितिको बैठक बस्दै

आइतबार एकै पटक चारवटा संसदीय समितिका बैठक बस्दैछन् । आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक […]
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

संसद नेपाल अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । आइतबार दिनको १ बजे बैठक बस्न लागेको हो । […]
आईसीसी क्रिकेट विश्वकप : नेपाल स्कटल्याण्डसँग खेल्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल स्कटल्याण्डसँग खेल्दैछ । आइतबार स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा अपराह्न पौने ४ बजे […]
आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने

हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशीका अधिकांश भू—भागमा मनसुनी वायुको […]
संखुवासभाको मनकामना मन्दिरमा श्रेष्ठ दम्पतीले चढाए सबैभन्दा ठूलो घण्टी

संखुवासभा जिल्लाको चर्चित धार्मिक स्थल मनकामना मन्दिरमा अमेरिका निवासी सुरेन्द्र श्रेष्ठ दम्पतीले सबैभन्दा ठूलो घण्टी प्रदान गरेका छन् । संखुवासभाको […]