सन् २०३५ सम्म २८ हजार पाँचसय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य

news-details

उर्जामन्त्री दीपक खड्काले सन् २०३५ सम्म २८ हजार पाँचसय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको बताएका छन् ।

जलविद्युत उत्पादनका अवरोध र लक्ष्यको बारेमा जानकारी दिँदै मन्त्री खड्काले सोमबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

मन्त्री खड्काले भने,‘जलविद्युत उत्पादनका अवरोध र लक्ष्यहरु के हुन भनेर विकास निर्माणसँग सम्बन्ध राख्ने ६ वटा मन्त्रालयका सचिव, सहसचिवहरुसँग छलफल ग¥यौं । छलफलबाट ८३ वटा विषयहरु निकालेर २८ हजार पाँचसय मेगावट विद्युत २०३५ सम्म उत्पादन गर्ने र त्यो समयमा उत्पादन गर्नका लागि हाम्रा वाधा विवरणहरु के के छन, अवरोधहरु के के छन भन्ने विषय क्याविनेट पठाएका छौं ।’

उनले देशभरीका अधुरो र ढिलासुस्ती भएका आयोजनाहरूलाई अगाडि बढाउनका लागि थुप्रै सुधारहरू गरिएको बताए ।

यस्तै, नेपालका गरिबीको रेखामुनि रहेका १८–२० प्रतिशत जनताले सरकारले घोषणा गरेका समृद्धिका आयोजनाहरूमा लगानी गर्ने अवसर नपाएसम्म मुलुकको समृद्धि पूर्ण नहुने उनले बताए ।

खड्काले भने,‘नेपालको गरिबीको रेखामुनी रहेका १८/२० प्रतिशत मानिसहरुले सरकारले घोषणा गरेका समृद्धिका आयोजनाहरुमा लगानी गर्ने अवसर नबनेसम्म मुलुकको समृद्धि पुर्ण हुँदैन । नेपालको गरिबीको रेखामुनी रहेका १८/२० प्रतिशत मानिसहरुले सरकारले घोषणा गरेका समृद्धिका आयोजनाहरुमा लगानी गर्ने अवसर नबनेसम्म मुलुकको समृद्धि पुर्ण हुँदैन । सिमित व्यक्तिहरुहरु मात्रै समृद्ध हुन्छन् । स्रोत माथिको अधिकार सबैको समान हो । त्यसैले गरिबीको रेखामुनि रहेका वर्ग, समूहलाई सरकारले दायित्व दिएर सस्तो व्याजमा ऋण प्रवाह गर्ने वातावरण बनाउनु पर्छ,’ मन्त्री खड्काले थपे, ‘त्यसो भयो भने सबै वर्गका मानिसहरुको सहभागिता हुन्छ । ४६ खर्बको बजेट २०३५ सम्म खर्च हुन्छ ।’

यसका साथै, गरिबी र रोजगारका समस्यामा रहेका वर्गको स्वामित्वमा पनि ठूलो परियोजनाहरू र कार्यक्रमहरू ल्याउने कार्यविधि निर्माण गरिएको मन्त्री खड्काले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *