निर्माण व्यवसायीको रोकिएको मध्ये थप ३ अर्ब २१ करोड रुपैयाँ भुक्तानी दिने तयारी
- मंसिर १६, २०८१
- 0

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माण व्यवसायीको बक्यौता भुक्तानी १५ दिनभित्र हुने दाबी गरेका छन् ।
आइतबार पत्रकारहरूसँग छलफल गर्दै मन्त्री दाहालले ३ अर्ब २१ करोड रुपैयाँ भुक्तानीका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको बताए ।
‘अर्थ मन्त्रालयमा प्रस्ताव गएको छ । त्यहाँबाट स्वीकृति भएपछि भुक्तानी हुनेछ । हामीलाई पनि निर्माण व्यवसायीको भुक्तानी गर्न नसक्दा अप्ठ्यारो हुने अवस्था थियो । अब त्यो अवस्था हट्छ,’ उनले भने ।
निर्माण व्यवसायीहरूले लामो समयदेखि सरकारले काम गरेको भुक्तानी नदिएको भन्दै गुनासो गर्दै आएका छन् । उनीहरुले प्रधानमन्त्रीदेखि मन्त्रीहरुलाई पटक पटक ध्यानकर्षण गराउँदै आएका छन् ।
सरकारले असार मसान्तसम्म काम सम्पन्न भइसकेको र बिल उठिसकेको ६ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ ।
0 प्रतिक्रिया
बाजुरामा ‘विकास कचहरी’ : तीन दिनसम्म विकास र समृद्धिमा बहस

‘बाजुराको बुढीगंगा नगरपालिकाले ‘समृद्धिको आधारका लागि बुढीगंगा विकास कचहरी’ भन्ने नारासहित तीन दिने विकास बहसको कार्यक्रम गर्न लागेको छ । […]
मोबाइल ब्यवसायीको चौंथो साधारणसभा हेटौंडामा शुरु

नेपाल मोबाइल ब्यवसायी महासंघको चौंथो साधारणसभा मकवानपुरको हेटौंडामा शुरु भएको छ । शनिबार बिहान शान्ति पदयात्रा गर्दै साधारणसभाको सुरुवात गरिएको […]
ज्याकराण्डाले ढाकेको काठमाडौं (तस्वीरहरू)

काठमाडौँ यति बेला ज्याकराण्डा फूलले रङ्गिएको छ । काठमाडौँ उपत्यकाका सडक किनारामा ज्याकराण्डा फूल ढकमक्क फुलेको छ । टुडिखेल, रानी […]
सडक निर्माणमा स्थानीय र निर्माण व्यवसायीबीच विवाद

रामेछाप जिल्लाको मन्थली–गेलु सडकको बफर खोला क्षेत्रमा भइरहेको निर्माण कार्यमा स्थानीय र निर्माण कम्पनीबीच विवाद भएको छ । नागबेली कन्स्ट्रक्सनले […]
निर्माण गर्दागर्दै भत्कियो तामाकोसी माथिको ठेडीखोलाको पुल

निर्माणको करिब अन्तिम चरणमा पुगेको मन्थलीको तामाकोसी नदी माथिको पक्की पुल भाँचिएको छ । मन्थली नगरपालिका वडा नम्बर ६ र […]