शुक्रबारसम्ममा किसानले पाउने उखुको समर्थन मूल्य सार्वजनिक हुने
- मंसिर १३, २०८१
- 0

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भोलि९शुक्रबार०सम्ममा किसानको उखुको समर्थन मूल्य बाहिर सार्वजनिक हुने जानकारी दिएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्र्तगतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन सम्बन्धमा भएको छलफलमा उनले उखुको विषयलाई मन्त्रीपरिषद्मा प्रस्ताव गरिसकेको भन्दै भोलीसम्ममा किसानको उखुको समर्थन मूल्य सार्वजनिक हुने जानकारी दिएका हुन् ।
उनले भने,‘उखुको विषयलाई हामीले आज मन्त्रिपरिषद्मा प्रस्ताव गरेको छौं । मलाई लाग्छ भोलिसम्ममा किसानको उखुको समर्थन मूल्य बाहिर सार्वजनिक हुन्छ । हामीलाई थाहा छ किसानहरु ज्यादै मर्कामा परेका छन् । किसानको राज्यले दिनुपर्ने मूल्य असोज महिनामा नै पठाइसक्यौं । सम्भव भएसम्म हामी यही वर्ष र नभए अर्को वर्ष यही समयसम्म उपलब्ध गराउने ढंगबाट मन्त्रालय काम कारबाही गरिरहेको छ ।’
मन्त्री अधिकारीले दुग्ध विकास संस्थानलाई सुधार गर्ने दिशामा मन्त्रालय लागेको पनि बताए । मन्त्रालयको तर्फबाट समिति बनाएर प्रारम्भिक सञ्चालन गर्ने खाका सम्म तयार पारेको उनले जानकारी दिए ।
उनले भने,‘हामी दुग्ध विकास संस्थानलाई सुधार गर्ने दिशामा लागेका छौं । र मन्त्रालयको तर्फबाट एउटा समिति बनाएर प्रारम्भिक कुन ढंगबाट सञ्चालन गर्न सकिन्छ भनेर प्रारम्भिक खाका पनि हामीले तयार पारेको छौं ।’
उनले कृषि ऐन निर्माणको सन्दर्भमा कानुन मन्त्रालयबाट केही थप गर्नुपर्ने कारण मन्त्रालयलाई नै फर्काएको जानकारी गराए ।
0 प्रतिक्रिया
अब हाम्रो पार्टी उत्पीडित समुदायमै केन्द्रित हुनेछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले केही समयदेखि देखिएको अन्योल र अलमल चिर्दै आफ्नो पार्टी दायाँबाट बायाँतर्फ सिफ्ट […]
पशुपतिमा महाशिवरात्रिको रौनक (तस्बिरहरु)

महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान २ […]
राजदूत नेपालद्वारा स्पेनका राजा समक्ष ओहदाको प्रमाणपत्र पेश

स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शनिल नेपालले स्पेनका राजा फेलिपे छैठौंसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । मंगलबार म्याड्रिडस्थित […]
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र म्यान्मार भिड्दै

काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा नेपाल र म्यान्मार भिड्दैछन् । दशरथ रंगशालामा हुने […]
पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय हो : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दूका लागि पनि गौरवको विषय भएको बताएका […]