रेमिट्यान्स आप्रवाह ११.५ प्रतिशतले बढयो, असोजमा हालसम्मकै धेरै १ खर्ब ४४ अर्ब रेमिट्यान्स भित्रियो
- मंसिर ४, २०८१
- 0
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह ११.५ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा भित्रिएको रेमिट्यान्स गत आवको सोही अवधिको तुलनामा ११.५ प्रतिशत बढी रहेको छ । अमेरिकी डलरमा तीन महिनामा ३ अर्ब ४ करोड रेमिट्यान्स भित्रिएको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार असोज महिनामा १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । एक महिनामा भित्रिएको यो रेमिट्यान्स हालसम्मकै उच्च हो । यस्तै साउन र भदौमा कुल २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो । साउन, भदौ र असोज महिनामा कुल ४ खर्ब ७ अर्ब ११ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ।
0 प्रतिक्रिया
नेपालको स्वास्थ्य क्षेत्र सुधारोन्मुख छ : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा नेपाल स्वास्थ्य सम्मेलन सुरु भएको छ । भोलि(शुक्रबार)सम्म जारी रहने सम्मेलनको उद्देश्य साझेदारी प्रवद्र्धन, ज्ञान […]
नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा छ : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा रहेको बताएका छन् बिहीबार विपद् जोखिम न्यूनीकरणसम्बन्धी तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन […]
भारतीय पक्षले जमिन अतिक्रमण गरेको झलनाथको दाबी, जाँचबुझ गर्न माग
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय पक्षले कञ्चनपुरको दक्षिणी सीमा स्तम्भ २७ र २८ को बीचमा […]
कुलेखानीले क्षति पुर्याएको स्थानमा बेलिब्रिज हालिने
असोज ११ र १२ गतेको अविरल वर्षासँगै कुलेखानी जलविद्युत् आयोजनाको ड्याम खोल्दा क्षति भएको हेभीखोलामा बेलिब्रिज हालिने भएको छ । […]
धनुषामा हत्या गरि गाडिएको अवस्थामा एक महिलाको शव फेला
मिथिला नगरपालिका ३ मा एक महिलाको हत्या गरि गाडिएको अवस्थामा बुधबार राती शव फेला परेको छ । इलाका प्रहरी कार्यालय […]