धितोपत्र बोर्डको अध्यक्षको अन्तरवार्ता मंसिर ९ मा हुने
- कार्तिक २९, २०८१
- 0
अर्थ मन्त्रालयले धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि तीनलाई अन्तरवार्तामा बोलाइएको छ।
सर्ट लिस्टमा परेका नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई मङ्सिर ९ गते बिहान ८ बजे अन्तरवार्ताका लागि बोलाएको हो।
यसअघि असोज १८ गते अन्तरवार्तामा बोलाइए पनि अन्तिम समयमा स्थगित भएको थियो। अर्थ मन्त्रालयले विशेष कारणवश अन्तवार्ता रोक्नुपरेको जानकारी दिएको थियो।
यसअघि अध्यक्षको नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न अर्को सिफारिस समिति बनाएको थियो।
छनोटको सूचीमा परेका उम्मेदवार सन्तोष नारायण श्रेष्ठले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका थिए।
त्यसपछि अदालतले नयाँ प्रक्रिया सुरु नगर्न आन्तरिक आदेश दिएको थियो । अदालतको आदेशपछि पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्तिको बाटो खुलेपछि सरकारले फेरि तीन उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको हो। ११ महिनादेखि धितोपत्र बोर्ड अध्यक्षविहीन छ।
0 प्रतिक्रिया
कार्यान्वयनको दस वर्षपछि संविधानमाथि समीक्षा हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको दस वर्ष पुगेपछि संविधानमाथि समीक्षा र मूल्याकंन हुने बताएका छन् । कान्तिपुर कन्क्लेभ २०२४ को […]
भारतले दियो बंगलादेशमा विद्युत् निर्यातको सहमति, शुक्रबार ४० मेगावाट विद्युत् निर्यात हुने
भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) ले नेपाललाई बंगलादेशमा विद्युत् निर्यात गर्न अनुमति दिएको छ । भारतको अनुमतिसँगै शुक्रबारदेखि नेपालको […]
‘पीएनओ’ अर्थात नेपाली मुलका नेपालीले खोजेका कुरा
बर्मा अथवा म्यानमार नेपालीहरु देशभन्दा बाहिर जान थालेको पुरानो देशमा पर्दछ । पहिलो विश्वयुद्धभन्दा अघि नै यहाँ नेपालीहरु पुगिसकेका थिए […]
सातै प्रदेशमा फिस्टुला रोगको नि:शुल्क उपचारको तयारी
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा फिस्टुला रोगको निशुल्क उपचार गर्नेे व्यवस्थाको लागि पहल गरिरहेको बताएका छन् । बिहीबार […]
डिजिटल नेपालको पोलिसी कार्यान्वयन गर्न आइटी क्षेत्रमा बजेट छैन : सञ्चारमन्त्रीे
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले सूचना प्रविधि दशक घोषणा गरेपछि बजेटमा कार्यान्वयन नभएको बताएका छन् । बिहीवार काठमाडौंमा […]