डेडिकेटेड तथा ट्रंक लाइन महसुल विवाद : लाल आयोगको प्रतिवेदन सार्वजनिक (प्रतिवेदनसहित)
- कार्तिक २६, २०८१
- 0

सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ ।
सोमबार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद समाधानका लागि गठन गरिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
सोही क्रममा उनले विद्युत काट्दै गर्दा राजस्व, उत्पादन, बजारबाउमा फरक पर्ने र रोजगारीमा समस्या आउने भन्दै क्याबिनेटले लाइन काट्न नहुने निर्णय गरेको बताए ।
यस्तै, उनले सरकारले यो जिम्मेवारी गम्भिरताका साथ पूरा गर्ने भन्दै क्याबिनेटको निर्णयलाई कार्यान्वयन गर्ने पनि बताए ।
उनले भने, ‘समस्याको समाधान गर्ने हो विद्युत काट्दै गर्दा राजस्व, उत्पादन, बजारबाउमा फरक पर्ने र रोजगारीमा समस्या आउने भएको हुनाले यस्तो गर्नु हुदैँन् भन्ने कुरा मैले पहिलादेखि नै भन्दै आएको र क्याबिनेट, बोर्ड, मन्त्रालय भनेको यो दायित्वभित्र कै कुरा हुन्, सरकारले यसको जिम्मेवारी लिएर र यसको गम्भिरतालाई हेरेर नै यो परिपत्र गरेको र क्याबिनेटबाट निर्णय भएको हो । बिल देउ पैसा लिउ यसमा धेरै समय लगाउनु हुदैँन् र लाइन पनि नकाटौ भन्ने क्याबिनेटको स्पष्ट निर्णय हो र यही अनुसार कार्यान्वयन हुन्छ ।’
डेडिकेटेड र ट्रंक लाइन विवाद समाधानका लागि सरकारले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनको विद्युत् महसुलको विवाद समाधानका लागि सरकारले २०८०/९/२४ गते गिरीश चन्द्र लालको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेसँगै सोमबार ऊर्जा मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको हो ।
0 प्रतिक्रिया
रिङ्कु सदाको न्यायका लागि सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर न्यायका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त […]
काठमाडौंका यी स्थानमा आज पाँच घण्टा बिजुली काटिने

नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको सतुङ्गलगायतका क्षेत्रमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गर्दै बलम्बु फिडर अन्तर्गत […]
मुख्यमन्त्री सिँहले गरे बर्दिवासका आठ अस्पताल अनुगमन, पाँचलाई बन्द गर्न निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अवैध तथा अनाधिकृत ढङ्गले चिकित्सासेवा प्रदान गर्दैआएका महोत्तरीको बर्दिवासस्थित पाँचवटा अस्पताललाई बन्द गर्न निर्देशन दिएका […]
ट्रम्प र जेलेन्स्कीबीच भनाभन : जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्न आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका समकक्षी भोलोदिमिर जेलेन्स्कीबीचको वार्ता असफल भएको छ । युक्रेनको बहमूल्य खनिज पदार्थबारे द्वपक्षीय वार्ता […]
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

हाल देशभर पश्चिमी वायुका साथै पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले […]