थाई एयर एशियाले आइतबारदेखि काठमाण्डौ र भैरहवाबाट नियमित उडान गर्ने
- कार्तिक १६, २०८१
- 0

थाई एयर एशियाले आगामी आइतबारदेखि काठमाण्डौ र भैरहवाबाट उडान सञ्चालन गर्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एयर एसियाले काठमाडौको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान गर्ने शर्तसहित उडान अनुमति फुकुवा गरेपछि आगामी आइतबारदेखि नियमित उडान गर्ने भएको हो ।
गत कात्तिक ११ गते अनुमति नलिइ थाई एयर एसिया काठमाडौ आएको थियो । त्यसपछि थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारवाही गरेको थियो । थाई एयरलाइन्सले प्राधिकरणसँग माफी मागेपछि उसको निलम्बित उडान फुकुवा भएको हो ।
थाई एयर एसियालाई सातामा काठमाडौबाट चार र भैरहवामा दुई वटा उडान गर्ने गरी अनुमति दिइएको छ । भैरहवाको उडान बन्द गरेमा काठमाडौको उडान स्वतः रद्द हुने शर्त समेत राखेर उडान फुकुवा गरिएको छ ।
0 प्रतिक्रिया
एलपी ग्यास उद्योगीसँग सरकारको ५ बुँदे सहमती, ग्यासको मुल्य भने यथावत

एलपी ग्यास उद्योगीहरुले आव्हान गरेको आन्दोलनका सबै कार्यक्रमहरु स्थगीत भएका छन् । मंगलबार उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको ५ […]
श्रम मन्त्री भण्डारी र नेपालका लागि जापानी राजदुत तोरूबीच भेटवार्ता

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीसँग नेपालका लागि जापानी राजदुत मइडा तोरूले मंगलवार शिष्टचार भेट गरेका छन्। […]
भूमि सम्बन्धि अध्यादेश पेचिलो बन्दै, सांसदहरुबीच मत विभाजन

नेकपा एमाालेका प्रमुख सचेतक महेश बर्तौलाले भूमि सम्बन्धि अध्यादेशको बारेमा सत्ता साझेदारी दलहरु बीचमा छलफल जारी रहेको बताएका छन् । […]
संसद् बैठकमा अनिवार्य उपस्थित हुन एमाले र कांग्रेसको ह्वीप

सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले संसदमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई ह्वीप जारी गरेको छ । बुधबारको संसद् बैठकमा […]
रमजानको अवसरमा कतारमा कम्युनिटी स्तरिय फुटबल प्रतियोगिता हुँदै, नेपालको पहिलो खेल बंगलादेशसँग हुने

गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको समन्वय तथा राष्ट्रिय मानव अधिकार समिती कतारको आयोजनामा कम्युनिटी स्तरिय (NHRC) रमजान फुटबल […]