नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह
- कार्तिक ९, २०८१
- 0

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका छन् ।
अमेरिकी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको छलफलमा उहाँले नेपालको भौतिक पूर्वाधार, पर्यटन, कृषि, ऊर्जालगायत क्षेत्रमा लगानी गरेर लाभ लिन अनुरोध गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्द्धका अध्यक्ष चन्द्र ढकालले नेपालमा जलविद्युत् विकास तथा पर्यटन पूर्वाधार निर्माण क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले त्यसको उपयोग गर्न अमेरिकी लगानीकर्ताहरूलाई आग्रह गरे ।
छलफलमा बहुराष्ट्रिय कम्पनी गुगल, मेटा, कोकाकोलालगायत प्रतिष्ठित अमेरिकी कम्पनीका प्रतिनिधिको सहभागिता थियो ।
0 प्रतिक्रिया
सोमबार बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित

विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगन भएको छ । अर्को बैठक भोलि (सोमबार) दिउँसो २ बजेका लागि बोलाइएको छ […]
निर्माणाधीन त्रिवि क्रिकेट रंगशालाको निरीक्षणमा पुगे प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान कार्यको स्थलगत निरीक्षण गरेका छन् । प्रधानमन्त्री […]
प्रभु बैंक र होटल यार्शाबीच छुट सम्बन्धि सम्झौता

प्रभु बैंक लिमिटेड र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । […]
प्रतिनिधिसभा बैठक आजै दोस्रो पटक सारियो, साढे ५ बजे बस्ने सूचना टाँस

प्रतिनिधिसभा बैठक सूचना टाँसेर आज दोस्रो पटक सारिएको छ । आज एक बजेका लागि बैठक बोलाइएकोमा बैठक बस्न नसकेपछि सवा […]
सदन खुलाउन काँग्रेस र माओवादी छलफलमा, आ–आफ्नै अडानका कारण जुटेन सहमति

संसदको गतिरोध अन्त्यका लागि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच भएको छलफलमा पनि सहमति जुट्न सकेन । छलफलमा दुवै […]