विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन
- कार्तिक ९, २०८१
- 0
डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलको विवादमा नेपाल विद्युत् प्राधिकरणले फेरि उद्योगहरूको लाइन काटेको छ ।
पछिल्लो पटक प्राधिकरणले २४ असोजमा उद्योगहरूलाई विद्युत् महसुल बुझाउनका लागि ८ कात्तिकसम्मको समयसीमा दिएको थियो ।
तर, उक्त समयमा पनि विद्युत् महसुल नतिरेको भन्दै प्रधिकरणले उद्योगीहरूको लाइन काटेको हो । यसअघि ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणलाई उद्योगीहरूको लाइन नकाट्न भनेका थिए । तर, प्राधिकरणले गए राति उद्योगीहरूको लाइन काटिदिएको हो ।
विद्युत् महसुलसम्बन्धी विवादमा प्राधिकरण र उद्योगीबीच विवाद छ । अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, जीबी टेक्साइल, घराना फुड, गोयन्का फुड, एसआर फुड, भलबारी स्वचालित चामल मिललगायत १० उद्योगको लाइन काटिएको उद्योगीहरूले जनाएका छन् ।
0 प्रतिक्रिया
जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक आज बस्दै
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागको बैठक बस्न लागेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय […]
सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न काठमाडौं महानगरको पत्राचार
काठमाडौं महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक सङ्घसंस्थाका नाममा दर्ता भएका तर व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा सङ्घसंस्थालाई कर तिर्न […]
आज त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोह, १४ हजार विद्यार्थी दीक्षित हुँदै
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५०औँ दीक्षान्त समारोह आयोजना गर्दैछ । आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५०औँ दीक्षान्त समारोह आयोजना गरिएको […]
१३ दिनमा पश्चिम नेपालमा सात वटा भूकम्पको पराकम्प
यो महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि […]
मेरो हातको हतकडी स्राप कि पाप ?
सरलाई चिया कफी के खानुहुन्छ खुवाउ है उहाँ हाम्रो पाहुना हो । इन्स्पेक्टर कृष्ण पोखरेलले डिउटी अधिकृतलाई आदेश दिए । […]