विकास हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै

news-details

विकास हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीको मंगलबार सम्पन्न तेस्रो साधारणसभाले आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीले यसअघि नै सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) जारी गर्न प्रभु क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । कम्पनीले अधिकृत तथा जारी पूँजी ४६ करोड २८ लाख ५० हजार को ३० प्रतिशतले हुन आउने १३ करोड ८८ लाख ५० हजार रकम बराबरको १३ लाख ८८ हजार ५०० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

कम्पनीले गोरखा जिल्लाको उत्तरी भुभागमा पर्ने धार्चे गाँउपालिकामा रहेको बुढीगण्डकी नदीको सहायक नदी माछा खोलामा करिब १ अर्ब लगानीमा ४.५५ मेघावाटको माथिल्लो माछाखोला जलबिद्युत आयोजना निर्माण गरिसकेको छ । निर्माण सम्पन्न भएको आयोजनामा प्रमोटरको ३५ प्रतिशत लगानी र राष्ट्रिय बाणिज्य बैंकको ६५ प्रतिशत ऋण मार्फत लगानी रहेको छ ।

आयोजनाले नेपाल बिद्युत प्राधिकरणसंग बिद्युत खरिद बिक्री सम्झौतासमेत गरिसकेको छ । आयोजनाले निमार्ण अवधिमा सो क्षेत्रका १५० भन्दा धेरै स्थायिनलाई रोजगारी प्रदान गरेको थियो भने हाल आयोजना निर्माण सम्पन्न पश्चात आयोजना सञ्चालनका लागि २० भन्दा माथि ब्यक्तिहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी अवसर प्रदान गरेको छ । विकास हाईड्रोपावर कम्पनी लिमिटेडद्धारा सञ्चालित यस आयोजनामा गैर आवासिय नेपालीहरुसङ्गै स्वदेशका ब्यावसायीहरुको उत्साहजनक सहभागिता र लगानी रहेको छ ।

विकास हाइड्रोपावर कम्पनी लिमिटेड द्वारा प्रर्बद्धित ४.५५ मेगावाटको माथिल्लो माछाखोला जलबिद्युत आयोजनाको तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७९ फागुनमा प्रधानमन्त्री कार्यालयमा आयोजित एक समारोहका बीच भर्चुअल रुपमा टबाईन सञ्चालन गरी समुदघाटन गरेका थिए । आयोजनाले नेपाल बिद्युत प्राधिकरणसंग बिद्युत खरिद बिक्री सम्झौताअनुुसार २०८० साल आषाढ ३० गते बिद्युत उत्पादन संम्पन्न गर्ने लक्ष्य रहेपनी सो मिति भन्दा ६ महिना अगावै सम्पूर्ण निर्माणकार्य सम्पन्न गरि उत्पादन सुरु गरिसकेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *