महासंघका अध्यक्ष ढकाल कतारमा : नेपालमा लगानी गर्न कतारका व्यवसायीलाई आग्रह

news-details

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले खाडी मुलुक कतारमा रहेका लगानीकर्तालाई नेपालमा लगानी गर्नका लागि आग्रह गरेका छन् ।

कतार सरकारले आयोजना गरेको एसियन कोअपरेसन डायलगको तेश्रो सम्मेलनमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकाल कतार पुगेको बेला लगानीका लागि आग्रह गरेका हुन् ।

नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तिय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरुले रुची देखाएका छन् ।

नेपाल कतार बिजनेस काउन्सिलको पहिलो अध्यक्षस्तरिय वैठकमा कतार चेम्बर अफ कमर्शका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानी र महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकाल एवं प्रतिनिधिमण्डलबीच कतारको राजधानी दोहामा सम्पन्न वैठकमा आर्थिक सम्बन्ध विस्तारका बिषयमा छलफल भएको हो ।

कतारका अमीर सेख तमीम बिन हमाद अल थानी को गत अप्रिल २३ र २४ मा सम्पन्न नेपाल भ्रमणका क्रममा महासंघ र कतार चेम्बरबीच बिजनेस काउन्सिल स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको थियो ।

काउन्सिलको यस पहिलो अध्यक्षस्तरिय वैठकमा अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष थानीले आ आप्mनो नेतृत्वमा सदस्य नियुक्त गरि काउन्सिललाई छिट्टै पूर्णता दिने सहमति पनि भएको छ । त्यस लगत्तै नेपालमा कतार नेपाल बिजनेस सम्मेलन आयोजना गर्ने प्रस्ताव अध्यक्ष ढकालले राखेका छन् । आगामी बर्ष उक्त सम्मेलन गर्ने सहमति वैठकमा भएको जनाइएको छ ।

वैठकमा अध्यक्ष ढकालले नेपालमा वाह्य क्षेत्र स्थायित्व रहेको र कानुनहरुमा गरिएको सुधारले लगानीको अवसर जुटदै गएको वताएका छन् । कतारका लगानीकर्ताहरुलाई नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, सीप बिकास लगायतका क्षेत्रमा पर्याप्त सम्भावना रहेकोले लगानीका लागि आव्हान अध्यक्ष ढकालले गरेका छन् ।

अध्यक्ष ढकाललाई विमानस्थलमा स्वागत

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एसियन कोअपरेसन डायलगको तेश्रो सम्मेलनमा सहभागी हुन कतारको हमाद विमानस्थलमा पुग्दा नेपाल व्यवसायी संघ कतार, गैरआवासीय नेपाली संघ, कतारलगायत विभिन्न संघसंस्थाहरुले भब्य स्वागत गरेका थिए ।

नेपाल व्यवसायी संघका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाई, एनआरएनए कतारका अध्यक्ष रमेश भट्टसहित एनआरएनए आइसीसी उपाध्यक्ष राज रेग्मीलगायत नेपाली अगुवाहरुले अध्यक्ष ढकाललाई कतारमा स्वागत गरेका हुन् । एसियन कोअपरेसन डायलगको तेश्रो सम्मेलनलाई संवोधन गर्न परराष्ट्र मन्त्री आरजु देउवा, परराष्ट्र सचिव सेवा लम्साललगायतको उपस्थिति रहेको थियो ।

 

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *