अर्थतन्त्र लयमा फर्काउन राजश्व परिचालन प्रभावकारी बनाउन आवश्यक : अर्थमन्त्री

news-details

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको स्थलगत निरीक्षण गरेका छन् ।

शुक्रबार मन्त्री पौडेलले लाजिम्पाटस्थित आन्तरिक राजस्व विभाग पुगेर स्थलगत निरीक्षण गरेका हुन् ।

निरीक्षण गर्दै मन्त्री पौडेलले कर प्रशासनमा उल्लेखनिय सुधार हुनुपर्ने बताए । उनले कर प्रशासनले राखेको लक्ष्य पुरा गर्नुपर्ने बताए ।

सरकारले लिएको राजश्व उठाउनका लागि आवश्यक सहयोग सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताउँदै उनले आन्तरिक राजश्व रणनीति कार्यान्वयनका लागि जोड दिए ।

उनले भने, ‘मन्त्रीको एउटा मात्रै रुची र एउटा मात्रै चासो छ की, हाम्रो कर प्रशासनमा उल्लेखनिय सुधार होस् । र लक्ष्य पूरा होस् । त्यसका लागि तपाईंहरुलाई के सहयोग चाहिन्छ, त्यो सबै सहयोग दिन हामी तयार छौँ । सबै सहयोग प्राप्त गर्न सक्नुहुन्छ । त्यस हिसावले अघि बढ्न आग्रह गर्दछु ।’

राजश्व परिचालनमा प्रभावकारी हुन सके मात्र अर्थतन्त्रका अन्य सूचकहरु लयमा फर्किने उनको भनाइ छ ।

उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको समेत बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *