लगानीमा कमी आउँदा आर्थिक विकासमा समस्या देखियो : गभर्नर अधिकारी

news-details

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशमा लगानीमा कमी आउँदा आर्थिक विकास चुनौतीको रुपमा देखा परेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित अर्थशास्त्र, वित्त र सम्बन्धित विषयहरूमा अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भूकम्प र कोभिडपछि नेपालको अर्थतन्त्र एकदमै तल खसेको भएतापनि पछिल्लो दुई वर्षमा, निर्माण, उद्योग र व्यापारको क्षेत्रले बढि प्रगती गरेको भन्दै देशमा लगानीको कमि आर्थिक विकासको चुनौतीको रुपमा देखा परेको बताएका हुन् ।

उनले भने,‘भूकम्प र कोभिडपछि नेपालको अर्थतन्त्र एकदमै तल खसेको थियो भने अहिले त्यो २०२३ र २४ मा ३.९ प्रतिशतले उकालो लाग्ने क्रममा छ । विशेषगरि पछिल्लो दुई वर्षमा, निर्माण, उद्योग र व्यापारको क्षेत्रले बढि प्रगती गरेको छ । विकास, बचत र लगानीको कमि पनि हाम्रो आर्थिक विकासको एउटा चुनौतीको रुपमा देखिएको छ ।’

उनले विश्व आर्थिक मन्दीको प्रभावबाट देशलाई बचाउनको लागि, नेपालको आर्थिक अवस्था धेरै सुधार भएको जिकिर गरे । अहिलेको नीतिले मौद्रिक नीतिलाई आधुनिकिकरण गर्ने, गुणस्तर बढाउने, डिजिटल बैंकिङ् व्यवस्थाको विकास गर्ने र मोडन भुक्तानीको व्यवस्था गरेर विश्व बजारमा जाने कुरालाई ध्यान दिएको उनको भनाई छ ।

उनले भने,‘बलियो घरेलु आर्थिक प्रणाली अति आवश्यक हुन्छ । विश्व आर्थिक मन्दीको प्रभावबाट देशमा केही सुरक्षित भएको छ । आर्थिक अवस्था धेरै सुधार भएको छ । योसँगै नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीतिमा धेरै नै सुधारका कामहरु गरेको छ । अहिलेको नीतिले मौद्रिक नीतिलाई आधुनिकिकरण गर्ने, गुणस्तर बढाउने, डिजिटल बैंकिङ् व्यवस्थाको विकास गर्ने र मोडन भुक्तानीको व्यवस्था गरेर विश्व बजारमा जाने कुरालाई ध्यान दिएको छ ।’

गर्भनर अधिकारीले अर्थशास्त्र, वित्त र सम्बन्धित विषयहरूमा अन्तर्राष्ट्रिय सम्मेलनले आर्थिक स्थायित्व र आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । सम्मेलन आज र भोलि गरि दुई दिन चल्नेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *