स्टार्टअप कर्जा प्रवाह सम्बन्धि त्रिपक्षीय सम्झौता

news-details

स्टार्टअप कर्जा प्रवाहको लागी औद्योगिक व्यवसाय बिकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सोमबार उद्योग मन्त्रालयको सभाहलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीको उपस्थितिमा त्रिपक्षीय सम्झौता भएको हो ।

सोही स्टार्टअप कार्यक्रम अवसरमा मन्त्री भण्डारीले नेपाली उद्यमशिलताको विकासका लागि र चुनौतीहरुलाई सम्भावनामा बदलेर अवसरहरु प्राप्त गर्ने कार्यक्रम रहेको बताए । स्टार्टअपको कार्यविधि मन्त्रालयले पारित गरिसकेको र एक अर्बको कोषलाई सूचना प्रवाह गरेर देशभरी नै आवहन गरिसकेका पनि उनले जानकारी दिए ।

उनले भने,‘यतिबेला नेपाली उद्यमशिलतको विकासको लागि स्रोत र साधनमा आधारित विशेषत युवाहरु केही न केही मूलुकमा नै गरौं, देशभित्रै सम्भावनाको खोजी गरौं । चुनौतीहरुलाई सम्भावनामा बदलेर अवसरहरु प्राप्त गर्ने सरकारको संकल्प छ । यस्तो आकर्षक कार्यक्रमको रुपमा रहेको स्टार्टअपको कार्यविधि मन्त्रालयले पारित गरिसकेको छ । एक अर्बको हाम्रो कोषलाई यतिबेला सूचना प्रवाह गरेर देशभरी नै आव्हान गरिसकेका छौ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *