अटोलगायत सबै क्षेत्रका लागि मौद्रिक नीति लचिलो बनेको छ : डेपुटी गभर्नर मिश्र

news-details

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले यस बर्षको मौद्रिक नीतिको कार्यदिशा केही सहज र लचिलो रहेको बताएका छन् ।

आइतबार काठमाडौंको भृकुटीमण्डपमा इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले आयोजना गरेको ‘मौद्रिक नीतिको कार्यदिशा : कर्जा विस्तार र अटो व्यवसाय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकले नियमक विषय र मौद्रिक नीति केही हेरफेर गरेर मौद्रिक नीतिलाई लचिलो बनाउने कोशिस गरेको बताए । उनले राष्ट्र बैंकको यस्तो नीतिले बजारलाई केही हदसम्म चलाउन सकिन्छ भन्ने नमूना देखा परेको धारणा राखे ।

उनले भने,‘यो बर्षको मौद्रिक नीतिको कार्यदिशा केही सहज र लचिलो बनायौं । एकातिर नियमक विषय अर्कोतिर मौद्रिक नीति कै पनि नीतिमा केही हेरफेर गरेर मौद्रिक नीतिलाई लचिलो दिने कोशिस गरेका हौं । केही नियाकम विषयमा हामीले गरेको कामबाट अहिले बजारमा केही चहलपहल देख्न सकिन्छ । यसबाट राष्ट्रबैंकको नीतिले बजारलाई केही हदसम्म चलाउन सकिन्छ भन्ने एउटा नमूना देखा पर्न गएको छ ।’

उनले नेपालमा उत्पादन भएका इभीलाई प्रोत्साहन गर्न सकेमा विदेशिने युवाहरुलाई केहीहदसम्म देशमा राक्न सकिने बताए ।

निर्माण व्यवसायीहरुको कालो सूची चेकबाट मात्रै कालोसूचिमा कर जाने व्यवस्थालाई केही नयाँ व्यवस्थापन र सम्बोधन गर्न लागेको उनले जानकारी दिए ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले सरकारले सार्वजनिक यातायातका क्षेत्रमा भरपर्दो सुविधा दिन नसकिरहेको परिप्रेक्ष्यमा नाडाले गरिरहेको कामको बारेमा प्रशंसा गरे । उनले अटोमोबाइल क्षेत्रलाई अनुत्पादक क्षेत्रका रुपमा मात्र बुझ्दा समस्या आएको भएपनि नेपालका बैंकहरु भेकल क्षेत्रसँग साझेदारी गर्न इच्छुक रहेको बताए ।

नाडाका अध्यक्ष करण चौधरीले अटो उद्योगमध्ये ८० प्रतिशतले बैंकसँग काम गर्दै करिब ५९ प्रतिशत कर राज्यलाई बुझाइरहेको बताए । अटो मोबाइल क्षेत्र बृहत रहेको उल्लेख गर्दै अध्यक्ष चौधरीले यो क्षेत्र नेपालको गौरव रहेको बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *