पेट्रोलियम पदार्थको मूल्य घट्यो (मूल्यसूचीसहित)
- भदौ १५, २०८१
- 0
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ ।
आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ ।
खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत् नै छ ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ ।
यस्तै पेट्रोल र मट्टीतेलको मूल्य काठमाडौं र दिपायल क्षेत्रमा लिटरको १५४ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १५३ रुपैयाँ र अरु क्षेत्रमा १५१ रुपैयाँ ५० पैसा पर्नेछ ।
0 प्रतिक्रिया
हुस्सु र कुहिरोले काठमाडौंको जनजीवन प्रभावित (तस्वीरहरु)
काठमाडौंमा लगातार दुई दिनदेखि लागेको हुस्सु र कुहिरोले जनजीवन प्रभावित भएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ । सोमबार दिउँसो १ बजे सिंहदरबारमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था […]
रबि लामिछानेको तर्फबाट आज थुनछेक बहस हुँदै
सुर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा रबि लामिछानेको तर्फबाट कानुन ब्यबसायीहरुले थुनछेक बहस गर्दैछन। जिल्ला न्यायाधिश नितिश राइको […]
माओवादीको केन्द्रीय समिति बैठक आज पनि
नेकपा माओवादी केन्द्रको हिजो (आइतबार) देखि सुरु भएको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे […]
एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
सत्तारूढ दल नेकपा एमालेको हिजो (आइतबार) सुरु भएको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने छ । बैठक बिहान ११ […]