नेपाली होटल व्यवसायी संघको साधारणसभा तथा महाधिवेशन आगामी भदौ १४ गते हुँदै

news-details

काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा व्यवसाय गर्ने होटल व्यवसायीहरुको साझा संस्था नेपाली होटल व्यवसायी संघको २२ औं वार्षिक साधारणसभा तथा १३ औं महाधिवेशन आगामी भाद्र १४ गते शुक्रवार हुने भएको छ ।

काठमाडौंको वसुन्धरास्थित दियालो फुडल्याण्ड हुने साधारणसभा तथा महाधिबेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्वसहितको कार्यसमिति चयन गर्ने जनाइएको छ ।

संघले होटल व्यवसायीका हकहित तथा अधिकारका लागि दुई दशकदेखि पैरवी गर्दै आइरहेको छ । संघका अध्यक्ष गणेश ढकालले आगामी साधारणसभा तथा महाधिबेशन सफल बनाउनका लागि आफ्ना व्यवसायी सदस्यहरुलाई आह्वान गरेका छन् ।

कार्यक्रममा करिब ५ सय व्यवसायी तथा अतिथिहरुको उपस्थिति रहने संघका अध्यक्ष ढकालले जानकारी दिए । साथै अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने हुनाले कार्यक्रममा सम्पुर्ण व्यवसायीहरुलाई उपस्थिति भई सही नेतृत्व चयन गर्नको लागि सहयोग गर्न अध्यक्ष ढकालको आग्रह छ ।

त्यस्तै संघका महासचिव साम्देन लामा (दिपक)ले अधिवेशनको तयारी तीव्र रुपमा गरिरहेको र अधिवेशनमासहभागि हुन सबै व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

संघका सल्लाहाकार शान्तिराम न्यौपानेले नेपाली होटल व्यवसायी संघ काठमाडौंकै ठूलो र अनुशासित संस्था रहेको र व्यवसायीहरुको हितका थुप्रै कार्यहरु गर्न सफल भएको बताउँदै आगामी अधिवेशनबाट यस संस्थालाई अझै प्रभावशाली व्यवसायीमैत्री बनाउँने नेतृत्व चयन गर्नका लागि सबै व्यवसायीहरुले कार्यक्रममा उपस्थिति जनाउँनु पर्ने बताए ।
२०५७ साल स्थापना भएको संघले स्थापनाकालदेखि नै होटल व्यवसायीहरुको हकहितको रक्षा तथा व्यवसायलाई मर्यादित बनाउदै यस क्षेत्रमा रहेका समस्या समाधानका लागि आफूलाई प्रतिवद्ध बनाउदै आइरहेको छ ।

संघले जनचेतनामुलक कार्यक्रमका साथै सामाजिक कामलाई पनि उत्तिकै महत्वका साथ गर्दै आइरहेको छ । संघमा अहिलेसम्म झण्डै ५ सय सदस्यहरु आवद्ध भईसकेका छन भने सदस्य थपिने क्रम पनि बढिरहेको जनाइएको छ ।
१३ औं अधिवेशनले सक्षम अनि सबल कार्यसमितिको चयन गर्नेमा सबै व्यवसायीहरु आशावादी रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *