घट्यो पेट्रोल, डिजल र मट्टीतेलको भाउ
- साउन ३१, २०८१
- 0

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ ।
बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ ।
घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजल र मट्टीतेल १५२ रुपैयाँ कायम भएको छ ।
त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४, डिजल तथा मट्टीतेल १५४ रुपैयाँ कायम भएको छ ।
काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजल तथा मट्टीतेल १५५ रुपैयाँ कायम भएको निगमले सूचना मार्फत जानकारी दिएको छ ।
0 प्रतिक्रिया
राष्ट्रिय वाणिज्य बैंकद्वारा देशको १० स्थानमा शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न १० स्थानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । धनुषा जिल्ला स्थित शाखा […]
दूर्तमार्गको प्रस्थान विन्दु डुकुछापमा कायम गर्न प्रधानमन्त्रीलाई खोकनाबासीको सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई÷मधेस दू्रतमार्ग सडक आयोजनाको सुरु विन्दुु विवाद र समाधनका उपायबारे ललितपुरको खोकना र बङुमतिका स्थानीयबासीका प्रतिनिधिसँग […]
भिजिट भिसा प्रकरण : सहमतिका लागि रास्वपाले अघि सार्यो ५ बुँदे प्रस्ताव

भ्रष्टाचारका मुद्दाहरु दोहोरिन नदिनका लागि सत्तापक्ष र प्रतिपक्षबीच सहमतिका लागि राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले विभिन्न बुँदाहरूमा सार्वजनिक गर्दै सहमतिको प्रस्ताव अघि […]
शान्तिश्री र दिपकराजको स्वरमा ‘गालैमा चुप्पा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

चर्चित गायिका शान्तिश्री परियार र दिपकराज विश्वकर्माको स्वरमा सजिएको ‘गालैमा चुप्पा’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । गीतकार हरि […]
आज पनि प्रतिपक्षद्वारा प्रतिनिधिसभाको बैठकमा अवरोध, आधा घण्टाका लागि स्थगित

विपक्षी दलहरूले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै […]