चाइनीज एम्बेसीको निमन्त्रणामा हिमालय सीमापार वाणिज्य संघको जम्बो टोली चिन जाँदै
- पर्वत वि.क.
- साउन २८, २०८१
- 0
चाइनीज एम्बेसीको निमन्त्रणामा नेपाल हिमालय सीमापार वाणिज्य संघका १८ जना सदस्यहरु चाइना भ्रमणमा जाने भएका छन् ।
चीन सरकारको वाणिज्य मन्त्रालयले बिआरआईका मेम्बरहरुका लागि आयोजना गर्न लागेको अन्तराष्ट्रिय ट्रेड सम्बन्धि १४ दिने तालिममा बिआरआईमा आवद्ध भएका विभिन्न देशका व्यवसायीहरुलाई तालिम प्रदान गर्न लागेको हो ।
हिमालय सिमापार वाणिज्य संघको अहिलेसम्मकै ठूलो टिमलाई तालिममा आमन्त्रण गरेको संघका अध्यक्ष रामहरी कार्कीले जानकारी दिए । ६–६ जनाको ३ वटा टोलीलाई छुट्टाछुट्टै तालिम प्रदान गर्नका लागि चाइना सरकारकै आमन्त्रणमा संघका सदस्यहरु चीन जान लागेको उनले बताए ।
त्यस्तै संघका वरिष्ठ उपाध्यक्ष गंगाबहादुर घिमीरेले चाइना सरकारको वाणिज्य मन्त्रालयले आयोजना गर्न लागेको तालिममा सिमापारलाई प्रमुख प्राथमिकताका साथ समेटिनु गर्वको कुरा रहेको बताए ।
संघका पदाधिकारीहरुलाई त्यहाँ वेरहाउसिङ, प्याकेजिङ, इन्टरनेशनल्ली कस्तो ट्रेन्ड चलिरहेको छ र सामान एक ठाउँबाट अर्को ठाउँ कसरी पु¥याउन सकिन्छ भन्ने लगायताका तालिम प्रदान गरिने उनले बताए ।
संघका पदाधिकारीहरु तालिमबाट फर्किसकेपछि त्यहाँ सिकेको ज्ञान र सिप अन्य व्यापारी व्यवसायीहरुलाई पनि सिकाउने योजना रहेको समेत वरिष्ठ उपाध्यक्ष घिमीरेले बताए ।
तालिममा संघका उपाध्यक्ष सुजित बस्नेत, महासचिव रामचन्द्र पराजुली, सचिव तुलसी राउत, बरिष्ठ सचिव भरत बहादुर अर्याल, कोषाध्यक्ष लालबहादुर बस्नेत, सह–कोषाध्यक्ष सुमन श्रेष्ठ, कार्यसमिति सदस्यहरु क्षितीज गौतम, पुस्कर गिरी, नारायण पराजुली, बाल्मिकी नाथ पराजुली, राजेश भण्डारी, रामचन्द्र थापा, जितेन्द्र प्रसाद दाहाल, सन्तोष खत्री, बसन्त नेपाल, राजकपुर खत्री साधारण सदस्य सुजन पौडेल र कार्यालय प्रसाशनिक सहायक सुर्जिय पौडेलको सहभागि हुने संघका महासचिव रामचन्द्र पराजुलीले जानकारी दिए ।