पुरानै मापदण्ड अनुसार क्रसर उद्योग नविकरण गरिदिन प्रधानमन्त्रीलाई महासंघको ज्ञापनपत्र
- साउन २८, २०८१
- 0

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल क्रसर तथा खानी उद्योग व्यावसायी महासंघले आफ्ना उद्योगहरुको नवीकरणमा उत्पन्न समस्याबारे ध्यानाकर्षण गराएको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा महासंघका अध्यक्ष सीताराम न्यौपानेसहितका प्रतिनिधिले दर्ता भएको सात सय क्रसर तथा बालुवा उद्योगहरुलाई विगतकै मापदण्डका आधारमा नवीकरण गराउन माग गरेका हुन् ।
वातावरणसम्बन्धी मापदण्ड, २०५४ र उद्योगका लागि दूरीसम्बन्धी मापदण्ड, २०७१ का आधारमा ती उद्योग सञ्चालन भएकामा २०७७ सालमा संशोधित मापदण्डले नवीकरणमा कठिनाइ भएको महासंघको भनाइ छ ।
महासंघले उद्योगहरुको नवीकरण नहुँदा करिब रु चार अर्ब लगानी डुुब्ने अवस्थामा रहेकाले विगतमा दर्ता भएका उद्योगलाई कर दस्तुुर लिइ पुरानै मापदण्डका आधारमा नवीकरण गराउन र व्यवहारिक एवं नयाँ मापदण्ड ल्याउन माग गरेको छ ।
0 प्रतिक्रिया
राष्ट्रिय वाणिज्य बैंकद्वारा देशको १० स्थानमा शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न १० स्थानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । धनुषा जिल्ला स्थित शाखा […]
दूर्तमार्गको प्रस्थान विन्दु डुकुछापमा कायम गर्न प्रधानमन्त्रीलाई खोकनाबासीको सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई÷मधेस दू्रतमार्ग सडक आयोजनाको सुरु विन्दुु विवाद र समाधनका उपायबारे ललितपुरको खोकना र बङुमतिका स्थानीयबासीका प्रतिनिधिसँग […]
भिजिट भिसा प्रकरण : सहमतिका लागि रास्वपाले अघि सार्यो ५ बुँदे प्रस्ताव

भ्रष्टाचारका मुद्दाहरु दोहोरिन नदिनका लागि सत्तापक्ष र प्रतिपक्षबीच सहमतिका लागि राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले विभिन्न बुँदाहरूमा सार्वजनिक गर्दै सहमतिको प्रस्ताव अघि […]
शान्तिश्री र दिपकराजको स्वरमा ‘गालैमा चुप्पा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

चर्चित गायिका शान्तिश्री परियार र दिपकराज विश्वकर्माको स्वरमा सजिएको ‘गालैमा चुप्पा’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । गीतकार हरि […]
आज पनि प्रतिपक्षद्वारा प्रतिनिधिसभाको बैठकमा अवरोध, आधा घण्टाका लागि स्थगित

विपक्षी दलहरूले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै […]