काठमाडौंपछि भरतपुरमा सुरु भयो ‘जुत्ता एक्सचेन्ज मेला’ पुरानोसँग नयाँ साट्न पाउन सकिने

news-details

चितवनको भरतपुरमा जुत्ता एक्सचेन्ज मेलाको दोस्रो संस्करण सुरु भएको छ ।

प्रख्यात नेपाली ब्राण्ड केटिएम सुज र सम्राट सुजले चितवन भरतपुरस्थित गङगोत्री मार्गमा संचालनमा ल्याएको एक्सचेन्ज मेलामा जस्तोसुकै पुरानो जुत्तासँग नयाँ जुत्ता साट्न पाइने व्यवस्था रहेको छ ।

मेलामा पुरानो जुत्ताको मुल्य ५ सय रुपैयाँ तोकिने र नयाँ जुत्तामा थप २५ प्रतिशतसम्म छुटको व्यवस्था रहेको मेला आयोजक तथा केटिएम सुजका प्रबन्ध निर्देशक प्रमोद महतोले जानकारी दिए ।

अघिल्लो एक्सचेञ्ज मेलामा जुत्ता खरिद गर्न आएका उपभोक्ताहरुको अत्याधिक चासो र जिज्ञासाका कारण पुनः एक्सचेन्ज मेला आयोजना गरेको आयोजक महतो बताउँछन् । मेलाकै लागि भनेर नयाँ र लेटेस्ट डिजाइनका १ हजारभन्दा बढी डिजाइनका जुत्ताहरु ६ महिनाको वारेन्टिसहित पाउन सहिने उनी बताउँछन् ।

विशुद्ध नेपाली ब्राण्डका उच्च गुणस्तरका, विदेशी जुत्ताभन्दा आकर्षण, टिकाउ र कन्फर्टेवल जुत्ताहरु सस्तो मुल्यमा बिक्री वितरण गर्दै आएको बताउँदै आयोजक महतोले ग्राहकहरुकै रोजाई अनुसारका जुत्ताहरु मेलामा पाउन सकिने बताए ।

मेलामा उच्च क्वालिटीका पार्टी सुज, स्पोर्ट सुज, स्कुल सुज, अफिस सुज, क्याजुवल सुज, लोफर, स्निकर लगायत १ हजारभन्दा बढी नयाँ डिजाइनका जुत्ताहरु सुफत मुल्यमा उपलब्ध हुने आयोजकको दावी छ ।

उनी भन्छन् –‘नेपाली उपभोक्तालाई आफ्नो उत्पादन लगाउने बानी बसाल्नका लागि र नेपाली ब्राण्डलाई विश्वमाझ चिनाउनका लागि यस्तो आकर्षक अफर ल्याएका हौ । त्यसकारण उपभोक्तलाई फ्याक्ट्री मुल्यमानै यस मेलाबाट जुत्ता उपलब्ध गराउँने छौ ।’चितवनको गङगोत्री मार्गस्थित होटल गङगोत्रीको अगाडि पहिलो तल्लामा नेपाली जुत्ताघरले संचालनमा ल्याएको जुत्ता एक्सचेन्ज मेला सिमीत अवधिको लागि मात्र रहेकोले सबैले आफ्ना पुराना जुत्ता नफाली मेलामा एक्सचेन्ज मेलामा आएर नयाँ जुत्ता लैजान आयोजक महतो आग्रह गर्छन् ।

पछिल्लो समय हरेक नेपालीहरुको मन जितिरहेको केटिएम सुज र सम्राट सुज अहिले हरेक नेपाली माझ लोकप्रिय बन्दै गएको छ । विदेशबाट आयात हुने जुत्ताभन्दा आकर्षक टिकाउ र भरपर्दो यस ब्राण्डले देशैभर आफ्नो शाखा बिस्तार गरेर हरेक नेपालीमाझ पु¥याउन लागिपरेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *