संस्थागत सेयर कर्जाको सीमा हट्यो, अर्थमन्त्रीले गराए सचेत

news-details

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जासम्बन्धी संस्थागत लगानीकर्ताको सीमा हटाएको छ । अबदेखि संस्थागत लगानीकर्तालाई सेयर धितो कर्जामा कुनै सीमा लागु हुनेछैन ।

केन्द्रीय बैंकले शुक्रबार सर्कुलर जारी गर्दै संस्थागत लगानीकर्ताको लागि सेयर कर्जामा २० करोड रुपैयाँको सेयर कर्जा सीमा हटाएको हो । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले निर्देशन जारी गर्दै मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयन गरेको हो ।

मार्जिन प्रकृतिको सेयर धितोकर्जाको एकल ग्राहक कर्जा सीमालाई भने निरन्तरता दिइएको छ । कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड रुपैयाँ कायम छ ।

यता, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारमा अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री पौडेलले सेयर बजार अर्थतन्त्रको महत्त्वपूर्ण आधारस्तम्भ भएको भन्दै यसलाई प्रभाव पार्ने कुनै अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको बताएका हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *