नेप्से ६१.६१ अंकले बढ्योः कारोबारमा सोल्टी होटल अगाडि
- साउन ६, २०८१
- 0
साताको पहिलो बारोबार दिन आज (आइतबार) नेप्से ६१.६१ अंकले बढेको छ । आज नेप्से परिसूचक ६१ दशमलव ६१ अंकले बढेर २४८५ दशमलव ९४ को विन्दुमा पुगेको छ ।
आइतबार ३१५ कम्पनीका १ लाख ७७ हजार ४ सय ६७ पटकको कारोबारमा ४ करोड ११ लाख ९५ हजार ५ सय ३४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २ सय ९० रुपैयाँ रहेको छ ।
आज कारोबारमा आएका ३१५ कम्पनीमध्ये १८१ कम्पनीको सेयरमूल्य बढ्दा ५६ वटा कम्पनीको मूल्य घटेको छ । बढ्नेमा युनाइटेड मोदी हाइड्रो र समता घरेलु लघुवित्त अगाडि छन् ।
कारोबारका आधारमा भने आज सोल्टी होटल अगाडि छ । यो कम्पनीको ३४ करोडको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको ३० करोडको सेयर कारोबार भएको छ ।
0 प्रतिक्रिया
कुनैपनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह राखेको छैन् : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सबै पार्टीको साथ सहयोगले देशमा रहेका विकृति र विसंगतीहरु हटाउन सकिने बताएका छन् […]
देश राजनीतिक चक्रभ्यूमा फस्ने खतरा छ, अर्थतन्त्र डामाडोल छ : राजेन्द्र लिङ्देन
राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष हुन् । भ्रष्टाचारमा संलग्न उच्च राजनीतिक नेतृत्वलाई छानबिन गर्न माग गर्दै देशका विभिन्न स्थानमा […]
एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैन : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपीभी) को साधारण भाइरस भएको जनाएको छ । मन्त्रालयले बुधबार […]
सूर्यदर्शन सहकारी ठगी प्रकरण : आजै थुनछेक सम्बन्धि आदेश आउने सम्भावना
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज थुनछेक सम्बन्धि आदेश आउने सम्भावनाहरु देखिएका छन् । जाहेरवाला र प्रतिवादीहरुको तर्फबाट थुनछेक बहस […]
दुई वटा संसदीय समितिको बैठक बस्दै
दुई वटा संसदीय समितिको बैठक सोमबार बस्दैछ । जसअनुसार बिहान ८ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । […]