साताको अन्तिम कारोबार दिन नेप्से ५९ दशमलव ६८ अंकले बढ्यो, साढे १५ अर्ब बढीको कारोबार
- साउन ३, २०८१
- 0

साताको कारोबारको अन्तिम दिन पनि नेप्से परिसूचक ५९.६८ अंकले बढेको छ ।
बिहीबार नेप्से परिसूचक ५९.६८ अंकको बढोत्तरी सँगै २ हजार ४२४.३२ को बिन्दुमा पुगेर बन्द भएको हो ।
३१२ कम्पनीका १ लाख ८४ हजार ७ सय १२ पटकको कारोबारमा ३९ करोड ९३ लाख ८ हजार २ सय ३७ कित्ता सेयर खरिद बिक्री भएको छ ।
जसमा कारोबार रकम १५ अर्ब ५४ करोड ८८ लाख ७ सय ३८ रुपैयाँ रहेको छ । सेन्सेटिभ इन्डेक्स १६ दशमलव ३७ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ४ दशमलव ६६ अंकले बढेको छ ।
बिहीबार सबैभन्दा बढी कारोबार नेपाल फाइनान्सको भएको छ । यस कम्पनीको ४२ करोड ४६ लाख ८३ हजार ५ सय ४२ रूपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यसअघि बुधबार नेप्से ५४.०४ अंकले वृद्धि भएको थियो भने मंगलबार ७०.१८ अंकले बढेको थियो ।
0 प्रतिक्रिया
मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि राय–सुझाव माग गरेको छ । आगामी आवको मौद्रिक निती […]
जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिष्ट […]
संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दै

संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्दैछ । मंगलबार प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रिय […]
अनेरास्ववियुको नेतृत्व चयनका लागि आजबाट प्रक्रिया सुरु हुँदै

काठमाडौंमा जारी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २४औँ महधिवेशनको बन्दसत्रको कार्यक्रम अन्तर्गत आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । […]
आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुदैँ

आइसिसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुदैँछ । आजको खेल स्कटल्याण्डको डन्डीमा नेपाली समयअनुसार […]