२१ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गरिंदै
- असार २४, २०८१
- 0

सरकारले २१ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिन, ९१ दिन र एक वर्षको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । भोलि (मंगलबार) जारी हुने यस ट्रेजरी बिलका लागि आज(सोमबार) दिउँसो ३ बजे बोलकबोल गर्नेछ ।
बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुनेछ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो ।
यो ट्रेजरी साउन २२ गते परिपक्व हुनेछ । त्यस्तै, ९१ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । ट्रेजरी असोज २२ गते परिपक्व हुनेछ ।
साथै, कार्यालयले एक वर्षका लागि ८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ । यो ट्रेजरी २०८२ असार २४ गते परिपक्व हुनेछ ।
0 प्रतिक्रिया
८ बुँदे निष्कर्ष निकाल्दै ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ सम्पन्न्, एकताको लागि बृहत संवादको आब्हान

“एनआरएनको अधिकार, राष्ट्र समृद्धिको आधार“ भन्ने मुख्य विषयमा केन्द्रीत रहेर गैर–आवासीय नेपाली संघले आयोजना गरेको एनआरएनए ग्लोबल कन्क्लेभ–२०२५ ९ बुँदे […]
मलेसिया रोजगारीमा लगाउन खोजिएको सिण्डिकेट स्वीकार्य छैन् : अध्यक्ष गुरुङ

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन सिंह गुरुङले मलेसिया रोजगारीमा लगाउन खोजिएको सिण्डिकेट कुनैपनि हालतमा स्वीकार नहुने बताएका छन […]
सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

सांसद माया राईलाई अदालतले १० लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्कीले […]
मेलम्ची बाढी पीडितलाई नदी तटवन्धको लागि तत्काल १६ करोडको व्यवस्था

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा आएको बाढी पीडितहरुको राहत तथा नदीको तटवन्धको लागि सरकारले तत्काल कार्यक्रम ल्याउने भएको छ । उर्जा […]
भूमिसम्बन्धी विधेयक संसदमा पेस

प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गरिएको छ । बुधबार बसेको बैठकमा भूमि व्यवस्था, […]