वित्तीय पहुँच बढाउने प्रयासमा छौं : गर्भनर

news-details

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वित्तीय पहुँचलाई बढवा दिनका लागि आवश्यक पहलकदमी लिइरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले वित्तीय पहुँचलाई बढवा दिने कुरालाई एजेण्डाका रुपमा अगाडि बढाउन खोजिरहेको बताए ।

उनले भने,‘नेपाल राष्ट्र बैंकहरुको महत्वपूर्ण उद्देश्य र प्राथमिकतामा परेका विषयहरु साना किसान विकास लघुवित्त वित्तीय संस्थाले बोक्न सकेको छ । हामी वित्तीय साक्षरतालाई प्रवद्र्धन गर्न चाहन्छौ । वित्तीय पहुँचलाई बढवा दिन खोजिरहेको छौं ।’

उनले पहिला भन्दा अहिले कृषि पेसालाई हेर्ने नजरमा धेरै नै सकारात्मक परिवर्तन आएको बताए । पहिले कृषि पेसामा छु भन्दा गिज्याउने प्रवृत्ति रहेको भएता पनि अहिले आधुनिक कृषिमा संलग्न छु भन्दा छुट्टै खालको सम्मान प्राप्त गर्न सक्ने अवस्था बनेको उनको भनाई छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *