लाली गुराँसका अध्यक्षसहित चार जना सार्वजनिक
- असार १६, २०८१
- 0

प्रहरीले बचत कर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेको आरोपमा लाली गुराँस सहकारी संस्थाका अध्यक्षसहित चारजना पक्राउ गरेको छ ।
आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, सचिव तथा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कदमबाबा जोशी प्रधान रहेका छन् ।
उनीहरुमाथि पुल्चोकमा लाली गुराँस सहकारी संस्था खोली सर्वसाधारण मानिसहरूलाई आकर्षक ब्याज दिने विश्वास दिलाई संचालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुर्याइ बचत कर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेको आरोप छ ।
प्रहरीले थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाएको जनाएको छ ।
0 प्रतिक्रिया
आईसीसी क्रिकेट विश्वकप लिग २ : उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले नेदरल्याण्ड्सलाई हरायो

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी शृंखलाको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्सलाई हराएको छ । नेपालले नेदरल्याण्ड्सलाई १६ रनले […]
IMR Becomes First Nepali Manpower Company to Attain Prestigious IRIS Certification from IOM

International Manpower Recruitment Pvt. Ltd. (IMR), one of Nepal’s leading manpower agencies, has been awarded the International Recruitment Integrity System […]
नेपाल र साउदी अरबबीच सामान्य र सीपयुक्त श्रमिक लैजाने विषयमा सहमति

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्री तारिक अल हमदबीच नेपाली श्रमिक लैजाने महत्वपूर्ण […]
नागरिकले उचित मुल्यमा औषधि पाउने वातावरण तयार गरिन्छ : मन्त्री पौडेल

औषधिको मूल्यमा सुझाव दिन गठित समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाएको छ । मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा […]
टोखामा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई जना घाइते

काठमाडौंको टोखामा प्रहरीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरेको छ । ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई […]