प्रभु बैँक र नेपाल क्यान्सर हस्पिटलबीच छुट सम्झौता

news-details

प्रभु बैँक लिमिटेडका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुरमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहकाबीच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बाग्मति प्रदेश–३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार प्रभु बैँकका कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्रको आधारमा मा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर को विभिन्न सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

उक्त समारोहमा बिशेष गरी महिला कर्मचारीहरुलाई लक्षित गरि स्तन र पाठेघर सम्बन्धि क्यान्सरबारे जानकारी गराईएको थियो । स्तन सम्बन्धि क्यान्सरका बारेमा डा.प्रफुल्ल शाक्य र पाठेघर सम्बन्धि क्यान्सरका बारेमा डा.अनु बज्राचार्यले चेतनामूलक सन्देश प्रस्तुत गरेका थिए । सो समारोहमा उल्लेखनीय महिला कर्मचारीहरुको सहभागिता रहेको थियो ।

“बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ । साथै प्रभु बैँक छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *