क्रसर उद्योग नविकरणको माग राख्दै व्यवसायी आन्दोलित
- असार ९, २०८१
- 0

क्रसर, बालुवा तथा खानी उद्योगहरु तत्काल नवीकरणको माग राख्दै क्रसर व्यवसायीहरूले शान्तीपुर्ण सडक प्रदर्शन गरेका छन् ।
क्रसर, बालुवा तथा खानी उद्योग नियमानुसार नवीकरण गर्नुपर्ने, २०७९ माघ ११ गतेको मन्त्रीपरिषद्को बैठकले ढुंगा गिट्टीसम्बन्धी भएको निर्णय कार्यान्वयन गर्नुपर्ने लगायत मागहरु राख्दै क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।
उनीहरुले ‘क्रसर, बालुवा तथा खानी उद्योगहरु तत्काल नविकरण गर’, ‘स्वदेशी पुँजी लगानीको सुरक्षा गर’, ‘मन्त्रिपरषद्को निर्णय कार्यान्वयन गर’ लगायतका प्लेकार्ड बोकेका थिए ।
व्यवसायीहरूले सरकारले क्रसर उद्योगीहरूको माग तत्काल सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
0 प्रतिक्रिया
आइटी क्षेत्र रोजेका महिला भन्छन् : ‘आइटीबाटै लाखौं कमाउन सकिन्छ’

आकांक्षा धामी/ नर्सिङ क्षेत्रमा बढी आकर्षित भइरहेका महिलाहरु अब आइटी क्षेत्रमा सक्रिय हुन थालेका छन् । विश्वविद्यालयमा पढाइ हुने आइटी […]
पुनर्निर्माण र पुनस्र्थापनाको काम सरकारको उच्च प्राथमिकतामा छ : लेखक

पुनर्निर्माण र पुनस्र्थापनाको कामलाई अहिले सरकारले उच्च प्राथमिकतामा राखेको गृहमन्त्री रमेश लेखकले बताएका छन् । शनिबार एक कार्यक्रमका बिच अछाम […]
सुर्खेत विमानस्थलमा यतिको सफल परिक्षण उडान

यति एअरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा परीक्षण उडान गरेको छ । शनिबार यती एअरलाइन्सको ९ एन–एएमएन कल साइनको एटीआर ७२ […]
देशभरका शिक्षकहरु आन्दोलनमा, काठमाडौंमा बृहत प्रदर्शन

देशभरका शिक्षकहरु फेरि सडक आन्दोलनमा उत्रिएका छन । आज शनिवार शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म बृहत प्रदर्शन गरेका हुन् । नेपाल […]
काठमाडौंका यी स्थानमा पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने

काठमाडौंका विभिन्न स्थानमा शनिबार चारदेखि पाँच घन्टासम्म विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको दुइटा […]