पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो
- असार १, २०८१
- 0
नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ ।
इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।
मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ ।
त्यस्तै डिजल र मट्टीतेलमा काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर १४९ रुपैयाँ कायम भएको छ ।
0 प्रतिक्रिया
महिला यू–१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीलाई मन्त्रीले गरे विदाई
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले महिला यू–१९ क्रिकेट टोलीले विश्वकपमा नेपालको राम्रो छाप छाडेर आउने विश्वास व्यक्त गरेका छन् । […]
रवि लामिछाने हिरासतमुक्त भएपछि रास्वपा कास्कीले माफी माग्यो
पार्टी सभापति रवि लामिछाने ६५ लाख रुपैंयाँ धरौटी राखेर छुटेको भोलिपल्ट बिहान राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीले जनतासँग माफी मागेको छ […]
पर्यटन क्षेत्रमा गर्नुपर्ने काम तुरुन्तै गर्नेछौं : मन्त्री पौडेल
अर्थमन्त्री विष्णु पौडेलले आगामी दिनमा पर्यटन क्षेत्रका समस्यालाई सम्बोधन गर्नको लागि सरकारले आवश्यक कदम चाल्ने बताएका छन् । शुक्रबार काठमाडौंमा […]
संविधान संशोधनको विषयमा तलमाथि हुँदैन्, कार्यदल बनाएर अगाडि बढेका छौ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधान संशोधनको कुरामा कुनैपनि तलमाथि नहुने बताएका छन् । शुक्रबार मन्त्रिपरिषद्को बैठकको निर्णय […]
आज पाचँ संसदीय समितिको बैठक बस्दै
आज (शुक्रबार) पाचँ वटा संसदीय समितिको बैठक बस्दैछ । जसमा राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको ३२ औँ बैठक बिहान […]