प्रवास ट्राभल एण्ड टुर्सले हात पार्यो ६ महिनामा ८ अवार्ड

news-details

विगत १० वर्षदेखि अन्तर्राष्ट्रिय एअरलाइन्स् टिकेटिङ् सेवा प्रदान गर्दै आएको प्रवास ट्राभल एण्ड टुर्सले यस वर्ष विभिन्न एअरलाइन्सबाट गएको ६ महिनामा ८ अवार्ड हात पार्न सफल भएको छ ।

टर्किस एयरलाइन्स, एयर चाइना, श्रीलंकन एयरलाइन्स, चाइना साउदर्न, थाई एरवेज, क्याथे प्यासिफिक, मलेसियन एयरलाइन्स र सिंगापुर एअरलाईन्सवाट विभिन्न विधामा प्रवास ट्राभलले ८ अवार्ड जित्न सफल भएको हो ।

आफ्नो स्थापना कालदेखि निरन्तर विभिन्न किसिमका अवार्डहरु प्राप्त गर्न सफल प्रवास ट्राभल एण्ड टुर्सले २०२३ र २०२४ मा विभिन्न अन्तर्राष्ट्रिय एअरलाईन्सको एअर टिकट विक्री गर्दाको सख्या, मूल्य र सेवाका आधारमा विभिन्न वायुसेवा कम्पनीले प्रदान गर्ने अवार्ड जित्ने क्रममा यो उपलब्धि हासिल गर्न सफल भएको हो ।

हालै आफ्नो स्थापनाको दशौँ वार्षिकोत्सव मनाएको प्रवास ट्राभल एण्ड टुर्सले आफ्नो अनलाईन ट्राभल पोर्टल फ्लाईट्स नेपाल डट कमको सेवामा थप अभिवृद्धि गरेको छ भने प्रवास होलिडेज्को स्थापना तथा संचालन समेत शुरु गरेको जनाएको छ ।

थप विशेषता र अतिरिक्त सुविधा सहित संचालनमा ल्याइएको ट्राभल पोर्टल फ्लाईट्स नेपाल डट कम बाट विश्वभरको जुनसुकै कुनामा बसेर सजिलै अन्तर्राष्ट्रिय तथा डोमेस्टिक एअर टिकट खरिद गर्न सकिने र आवश्यक परेको खण्डमा २४ घण्टा ग्राहक सेवा उपलब्ध रहेको प्रवास ट्राभल एण्ड टुर्सका प्रबन्ध निर्देशक प्रकास लोहनीले जानकारी दिएका छन् ।

सस्तो एयर फेयर, अधिक क्यास ब्याक, विभिन्न अफर तथा छुटहरू, सेवामा बलियो प्रतिबद्धता लगायतका कारणहरूले आज नेपाली ट्राभल ट्रेडमा प्रवास ट्राभलले विश्वासनीय नाम बनाइरहेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *