प्रभु बैंकका ग्राहकलाई सौराहाका विभिन्न होटल र रेष्टुरेन्टमा छुट

news-details

प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गलाई ‘भरतपुर भम्रण वर्ष २०२४’मा सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्टले विशेष छुट दिने भएको छ।

छुट्टाछुट्टै समारोहबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेश–५ की प्रमुख सांग्रिला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरद्वारा सम्झौतामा हस्ताक्षर गरियो।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधामा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

रमणीय पर्यटकीय स्थल सौराहा, मेघौली, कसरा, देवघाटधाम जस्ता रमणीय एवं धार्मिक क्षेत्रको भ्रमण गर्नेहरूका लागि भरतपुरलाई उपयुक्त गन्तव्यका रूपमा लिन सकिन्छ।

देश तथा विदेशबाट यस स्थानमा पर्यटक आउँछन्। विश्वमै अति दुर्लभ एकसिङ्गे गैँडा, विभिन्न प्रजातिका चराचुरुंगी, मृग जस्ता जंगली जनावर एवं वन तथा वन्यजन्तु आरक्षणको अवलोकनका निम्ति जिप सफारी, हात्ती सफारी र थारू समुदायको बाहुल्य रहेको यो नगरीमा उनीहरूको सांस्कृतिक, पुरातात्त्विक एवं मौलिक नृत्य पर्यटकका लागि मुख्य आकर्षणका केन्द्र हुन्।

प्रभु बैंक लि।का ग्राहक तथा कर्मचारीका लागि आवासमा ८ देखि १५ प्रतिशत तथा खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्मका छुट प्राप्त गर्न सकिने छ।

होटल आइकावा इन (चारतारे), सपना भिलेज लज, सिद्धार्थ भिल्लाज वनवास, चितवन (होटल वनवास चितवन), होटल वाइल्ड लाइफ क्याम्प, पार्क सफारी रिसोर्ट, चौतारी गार्डेन रिसोर्ट, राइनो लज एन्ड होटल, होटल रोयल सफारी, द पार्क सेन्चुरी होटल (भिलाजिओ रेष्टुरेन्ट एन्ड होटल), ट्राभलर्स जंगल क्याम्प, होटल मिराज, ओपन सेकुवा कर्नर, रिभर भ्यू जंगल क्याम्प, हिमालयन इन, जंगल सफारी लज, रोयल टाइगर लक्जरी होटलमा उक्त छुट दिइनेछ।

ग्राहकको रोजाइको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालय, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ।

छोटो समयको अन्तरालमै फिनाकल इन्फोसिस इनोभेशन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *