लगातार बढ्दै सुनको मूल्य, आज कति पुग्यो ?
- चैत्र २६, २०८०
- 0

नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ६०० रुपैयाँले बढेर १ लाख ३६ हजार २०० कायम भएको छ । यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मूल्य हो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ किनबेच भएको थियो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो ।
यता, आज चाँदीको मुल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर १६ सय ८५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मुल्य प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
0 प्रतिक्रिया
ग्राहकलाई ठगेको पाइए जुनसुकै बैंकलाई तुरुन्तै कारवाही हुनेछ : गभर्नर डा.पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडलेले कुनैपनि बैंकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिएका छन् । सोमबार […]
इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री राणाले लिइन जानकारी

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र विकसित परिस्थितिका बारे नेपालका लागि इजरायली राजदूत […]
रास्वपा र राप्रपाको अवरोधकाबीच आज पनि संसद सुचारु

प्रतिनिधिसभाको बैठक सुरू भएको छ । आज पनि भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा अवरोध […]
अदालत हाजिर भए धवलशमशेर, आजैबाट थुनछेक बहस सुरु हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धलवशमशेर जबरा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । फरार सूचीमा रहेका उनी सोमबार […]
आकाशबाट देखिएको नागार्जुन, गोलढुङगा र बालाजु क्षेत्र (तस्बिरहरू)

काठमाडौंको उत्तरी भेगमा रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको काखमा अवस्थित यस तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिका र बालाजु क्षेत्र आजभोलि हरियाली […]