सुनको भाउ एकै दिन २ हजार ६ सय रुपैयाँले बढेर रेकर्ड कायम
- चैत्र ८, २०८०
- 0
नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ रेकर्ड बनाएको छ। आज सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेर छापावाल सुन १ लाख २७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
छापावाला सुन बुधबार १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन तोलाको १ लाख २७ हजार २ सय पुगेको छ।
चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ । चाँदी आज तोलामा ३५ रुपैयाँ बढेको छ । बुधबार १ हजार ५२० रुपैयाँ मूल्य कायम रहेको चाँदी बिहीबार १ हजार ५५५ रुपैयाँ पुगेको छ ।
0 प्रतिक्रिया
चन्द्रपुरमा माघी महोत्सव हुने
माघे संक्रान्ति पर्वको अवसरमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १० बढेरवामा माघी महोत्सव हुने भएको छ । प्रत्येक बर्ष झै […]
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण
३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा श्रद्धाञ्जली तथा […]
सरकारलाई गिज्याइरहेको कीर्तिपुरको ‘गर्विलो इतिहास’ (तस्विरहरु)
गोर्खाली र कीर्तिपुरे फौजबीच युद्ध भएको मानिएको कीर्तिपुरको ऐतिहासिक स्थानमा सुरु गरिएको ‘युद्ध स्मारक पार्क’ निर्माण कार्य बिचैमा अलपत्र परेको […]
प्रहरी नियन्त्रणका ५ घण्टामा देश निर्माणको रोडम्याप
शासकको बिरोध गर्न पाउनुपर्छ भनेर १४ वर्ष जेल बसेका रे केपी शर्मा ओली । आज देशको प्रधानमन्त्री छन् । उनकै […]
आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती, देशभर मनाइँदै
तत्कालीन राजा पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर […]