हिमालयन बैंकको गोंगबु शाखा स्थानान्तरण
- फाल्गुन ३०, २०८०
- 0

हिमालयन बैंकले आफ्नो गोंगबु शाखालाई स्थानान्तरण गरेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरुमध्ये गोंगबु शाखालाई हात्तीगौंडा, बूढानीलकण्ठ न.पा. वडा नं. ८ काठमाडौंमा स्थानान्तरण गरी बैंकिङ्क सेवा दिँदै आइरहेको छ ।
फागुन २७ गते बैंकको उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य कर्मचारीहरुको उपस्थतिमा गरेका हुन् ।
त्यस्तै, बैंकको कावासोती शाखा–२ लाई पनि गोछडा, वडा नं १७ नवलपरमा स्थानान्तरण गरी फागुन २७ गतेदेखि सेवा सुचारु गरेको छ ।
हाल बैंकले नेपालभरि फैलिएका १७४ कूल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ एटिएम ६,५०० भन्दा बढी पिओएस टर्मिनल र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
0 प्रतिक्रिया
धवलशमशेरलाई ३ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

राप्रपा महामन्त्री धवलशमशेर राणासँग अदालतले ३ लाख धरौटी माग गरेको छ । आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालले तीन […]
दिलभुषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अल्पकालीन आदेश

उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतबाट दिलभुषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ […]
अमेरिका निवासी समाजसेवी श्रेष्ठद्धारा दुई मिर्गौला पीडितलाई आर्थिक सहयोग प्रदान

संखुवासभाको खाँदबारीमा जन्मिएर लामो समयदेखि अमेरिकाको कोलोराडोमा बस्दै आइरहनु भएकी संखुवासभा कम्युनिटी अफ युएसएकी अध्यक्ष तथा समाजसेवी शान्ती श्रेष्ठले संखुवासभा […]
ग्राहकलाई ठगेको पाइए जुनसुकै बैंकलाई तुरुन्तै कारवाही हुनेछ : गभर्नर डा.पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडलेले कुनैपनि बैंकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिएका छन् । सोमबार […]
इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री राणाले लिइन जानकारी

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र विकसित परिस्थितिका बारे नेपालका लागि इजरायली राजदूत […]