आइएमई पे एपमा रु. १ को खेल – उपहार स्वरुप अल्टिमा लाईफस्टाईलको प्रडक्टहरु
- माघ ८, २०८०
- 0

नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले यहि माघ महिनादेखि आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक रु. १ को खेल सार्वजनिक गरेको छ ।
यस अघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आवद्ध भइ रु. १ खेल सुरु गरेको छ साथै खेलको उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखेको छ । आइएमई पे एपका प्रयोगकर्ताहरूले रु। १ मा आफुलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्नेछन ।
यस अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट-अल्टिमा बुम १६१ क्यु मा पनि आइएमई पे मार्फत खरिद गर्दा छुट दिने जानकारी सार्वजनिक गरेको छ साथै प्रयोगकर्ताहरूले दराज एपबाट माघ ४, २०८० देखि माघ ८, २०८० सम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५५ अतिरिक्त छुट (रु. १५० सम्म) पनि प्राप्त गर्न सक्ने आइएमई पेले जनाएको छ ।