घट्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)
- माघ १, २०८०
- 0

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको साबिकको मूल्यमा १ रुपैयाँ घटाएको छ।
भारतबाट पेट्रोल प्रतिलिटर १.२६ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर ०.८३ रुपैयाँ घटेर आएकाले सोही आधारमा मूल्य समायोजन गरी १ रुपैयाँ घटाइएको निगमले जनाएको छ।
प्राप्त विवरण अनुसार पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६३.५० रुपैयाँ, दोश्रो वर्गका लागि प्रति लिटर १६५ रुपैयाँ र तेश्रो वर्गका लागि प्रति लिटर १६६ रुपैयाँ कायम भएको छ।
त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५३.५० रुपैयाँ, दोश्रो वर्गकालागि प्रति लिटर १५५ रुपैयाँ र तेश्रो वर्गकालागि प्रतिलिटर १५६ रुपैयाँ कायम भएको निगमले जनाएको छ।
उक्त मूल्य आज राति १ बजेदेखि लागू हुने छ।
0 प्रतिक्रिया
स्कटल्याण्ड विरुद्ध लो स्कोरिङ थ्रिलरमा नेपालको संघर्षपूर्ण जित

स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपालले घरेलु टोलीमाथि २ विकेटको जित निकालेको छ । स्कटल्याण्डले दिएको ९८ रनको सामान्य लक्ष्य […]
रविन्द्र मिश्र तीन लाख रुपैयाँ धरौटीमा रिहा

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ […]
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार, बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा बिहान ८ः३० बजे बीपी स्मृति भवन, […]
प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर […]
सदन अवरोध खुलाउन सभामुख र प्रमुख पाँच दलका सचेतकबीच छलफल

रास्वपाले संसद अवरोध जारी राखेको विषयमा सभामुखले बानेश्वरमा प्रमुख पाँच दलका सचेतकहरूसँग छलफल गरेका छन् । छलफलमा कानून, न्याय तथा […]