एनसेलको सेयर बिक्री रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
- मंसिर २१, २०८०
- 0

एनसेलको सेयर खरिदबिक्री रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
गोकुलबहादुर रोकायाले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वरलगायतलाई एनसेलको सेयर बिक्री रोक्नका लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
उच्च अदालत पाटनले बिहीबार एनसेल खरिद-बिक्री सम्बन्धमा परेको रिटमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
अन्तरिम आदेशका लागि दुवै पक्षलाई उच्च अदालत पाटनले मंसिर २५ गते बोलाएको छ । अन्तरिम आदेशका लागि छलफलमा आउँदा एनसेलको खरिद-बिक्रीबारे भएका निर्णय पनि साथमा ल्याउन भनेको छ ।
0 प्रतिक्रिया
सगरमाथा संवाद आज सकिँदै

काठमाडौंमा जारी सगरमाथा संवाद आज सकिँदैछ। जेठ २ गते शुरु संवाद आज सकिन लागेको हो। संवादको तेस्रो तथा अन्तिम दिन […]
सुदूरपश्चिम पछि माओवादी केन्द्रको अभियान कर्णाली प्रदेशमा प्रवेश

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली आज सुदूरपश्चिमबाट कर्णाली प्रदेशमा पुगेको छ । मध्यपहाडी लोकमार्ग केन्द्रित […]
आज तीनवटा समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज बस्दैछ । आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक […]
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले […]
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत […]