पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो (मूल्यसूचीसहित)
- मंसिर १४, २०८०
- 0

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूख्य घटाएको छ।
आज राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ १२ पैसा र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ ९ पैसाले मूल्य घटाइएको हो ।
एलपी ग्यासको मूल्य भने बढेर आए पनि हाललाई यथावत राखिएको निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य चार आली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा १६७ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ तथा काठमाडौँ, पोखरा र दिपालय डिपो आसपासका लागि १७० रुपैयाँ पर्ने छ।
डिजेल र मट्टितेल भने १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँ तोकिएको छ।
0 प्रतिक्रिया
मञ्चको यस वर्षको होली पवित्र सेवा समाजमा, ७१ हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण (फोटोफिचर)

प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल (पिफान) ले यस वर्षको होली पवित्र सेवा समाज नेपाललाई सहयोग गरि मनाएको छ । […]
मिथिला माध्यमिकी परिक्रमा : आज अन्तिम स्थल जनकपुरधाम पुग्दै

जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज (विहीवार) अन्तिम विश्रामस्थल जनकपुरधाम पुग्ने भएको छ । बुधबार भारतको विशौलमा रात्री […]
वुमन्स डे कप : नेपाल आज युगान्डासँग प्रतिस्पर्धा गर्दै

वुमन्स डे कपमा नेपाल आज (विहीवार) घरेलु टिम युगान्डासँग प्रतिस्पर्धा गर्दैछ । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा […]
काठमाडौँ उपत्यकामा बिहानैदेखि ठाउँ-ठाउँमा चेकजाँच सुरु

होलीलाई मध्यनजर गर्दै उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा होली लक्षित सुरक्षा योजना बनाएर लागु गरेको छ । बिहीबार […]
प्रकृतिको पुनर्जागरणको दिन हो होली : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले रङ्गको पर्व होलीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले होली अर्थात् फागु पूर्णिमालाई प्रकृतिको […]