राष्ट्रिय व्यापार संघद्धारा भुकम्प पिडितलाई १० लाख बराबरको न्यानो कपडा वितरण
- कार्तिक २४, २०८०
- 0
साना तथा मझौला व्यवसायीहरुको छाता संस्था राष्ट्रिय व्यापार संघले रुकुम पश्चिम तथा जाजरकोटका भुकम्प पिडितहरुलाई १० लाख रुपैया बराबरको न्यानो कपडा वितरण गरेको छ ।काठमाडौं महानगरपालिका वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जनलाई संघका अध्यक्षसहित पदाधिकारीहरुले उक्त न्यानो कपडा हस्तान्तरण गरेका हुन् ।
गत कार्तिक १७ गते रूकुम पश्चिम र जाजरकोटमा गएको विनासकारि भुकम्पमा परि घरपरिवार विहिन भएका परिवारहरूका लागि राहत जुटाउन राष्ट्रिय व्यापार संघले अभियान नै सुरू गरेर राहत सामाग्री संकलन गरेको थियो ।न्युरोड क्षेत्रमा व्यापार गर्ने व्यवसायीहरूलाई मध्यनजर गर्दै संघले आफुसङ भएको लत्ताकपडा वा नगद जिन्सी सहयोग गर्न आग्रह गर्दै व्यवसायीहरुबाट राहत संकलन गरेकोे थियो । उक्त संकलन भएको राहत सामाग्री अर्थात् न्यानो लत्ताकपडा आजै वडाध्यक्ष महर्जनलाई संघले हस्तान्तरण गरेको हो ।
विपतको समयमा सबै क्षेत्रबाट सानोतिनो भएपनि राहत संकलन गरि पिडित परिवार सम्म पु¥याउनु सबैको कर्तव्य भएको बताउँदै वडाध्यक्ष महर्जनले संघले गरेको कार्यप्रति खुशी व्यक्त गरे । संघले व्यापारीहरु व्यापार मात्र गर्ने नभएर सामाजिक कार्यमा उत्तिकै सक्रिय छ भन्ने राम्रो उदाहरण दिएको भन्दै आगामी दिनहरुमा पनि यस्ता आपत् विपत्का कार्यमा सदैव सक्रिय रहन आग्रह गरे ।त्यस्तै संघका अध्यक्ष सरोजकुमार श्रेष्ठले सम्पुर्ण व्यापारीहरुको तर्फबाट भुकम्प पिडितको पिडामा थोरै भएपनि मल्हम लगाउन पाउँदा आनन्द महशुस भएको बताए । भुकम्पले रुकुम र जाजरकोटमा ठूलो जनधनको क्षति भएको र त्यहाँ धेरै सहयोगको आवश्यकता रहेकोले अन्य संघसस्थाहरुले पनि सहयोग गर्न आवश्यक रहेको उनले बताए ।
भुकम्प, बाढीपहिरो, कारोना जस्ता महामारीमा पनि सहयोग गर्दै आएको जनाउँदै अध्यक्ष श्रेष्ठले आगामी दिनहरुमा आईपर्ने विपत्तिहरुमा पनि संघ सक्रिय भएर लाग्ने समेत प्रतिद्धता जनाए ।
संघले पठाएको राहत सही समयमा सही व्यक्ति सम्म पुग्ने अपेक्षासहित अध्यक्ष श्रेष्ठले भूकम्पमा परी निधन भएकाहरुलाई श्रद्धान्जली व्यक्त गरे । साथै घाइतेहरुलाई उपचारमा कुनै कमी हुन नदिन,घरबार बिहिनहरुलाई तत्काल घरबासको व्यवस्था गर्न संघले सरकारको ध्यानाकार्षण गराएको जानकारी दिए ।