जिएमई रेमिटद्धारा भूकम्प प्रभावितलाई ५ लाख रुपैंयाँ सहयोग
- कार्तिक २१, २०८०
- 0
जि.एम.ई. रेमिटले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई उद्दार तथा राहतवितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५ लाख रुपैंयाँ सहयोग गरेको छ ।
कम्पनीले कार्तिक १७ गते कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा भएको ठूलो जनधनको क्षति प्रति दुस्ख व्यक्त गर्दै उक्त राहत रकमले भूकम्प प्रभावित क्षेत्रमा उद्दार र राहतमा थप सहयोग पुगोस् भन्ने उद्देश्यले कोषमा रकम प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।
त्यस बिपत्तिमा आफ्ना परिबारका सदस्य गुमाउनेहरुप्रति हार्दिक समवेदना प्रकट गर्दै, घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामनासहित देशमा दैबिक बिपत्ति परेको समयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तै सहयोग र सद्भाव रहिरहने जि।एम।ई रेमिटका प्रबन्ध निर्देशक दिवाकर पौडेलले जानकारी गराए ।
जि.एम.ई. रेमिट कोरिया, जापान, मलेसिया , जि.सि.सि, युरोप,अमेरिका लागाएत बिश्वको विभिन्न ठाउँबाट नेपालमा रेमिटन्स भित्र्याउँदै आएको एक अग्रणि संस्था हो।